September 29, 2014

गणेश थापा भ्रष्ट्राचारको अभियोगमा, तेस्का बाजेको भ्रस्टाचारपनि ५८ करोडको रे!

हामीले गतमहिना खुजुरे भ्रस्ट मात्र समातेको कुरो गरेको लगत्तै संसदीय समितिले अख्तियार प्रमुख ज्यु लाइ ठुलो माछा समात्न निर्देसन दिएको थियो ।  आज भोलि गणेश थापाको भ्रस्टाचारको  थोक हल्ला बजार मा आउदा  खुजुरेबाट थोक भ्रस्टचारमा सरेको होकी भन्ने भान हुदैख है !
एन्फा अध्यक्षको रुपमा दुईदशक व्यतित गरेका गणेश थापा भ्रष्ट्राचारको अभियोगमा मुछिएका छन्।

प्रधानमन्त्री, मन्त्री जस्तो 'हाइप्रोफाइल' ओहोदामा नपुगेपनि संसदीय समितिले यिनीमाथि लगाएको आरोप मुलुकका धेरैजसो घोटालाहरुलाई उछिन्ने आँकडाको छ।

अदालतबाट नै भ्रष्टाचारी ठहरीएका पूर्व मन्त्रीहरु खुमबहादुर खड्का, चिन्जीवी वाग्ले, गोविन्दराज जोशी, जयप्रकास प्रसाद गुप्ता मात्र होइन अकुत सम्पत्तिका सबै कसुरदार र सुडान घोटाला प्रकरणको योगफल पनि थापालाई लागेको आरोप जति हुदैन। उनीमाथि एन्फालाई आर्थिक र सांगठनिक पद्दति विपरित सञ्चालन गर्दै ५८ करोड हिनामिना गरेको आरोप छ। भलै यसको सरकारी निकायले अनुसन्धान गरेर अदालतबाट ठहर नगरेसम्म आधिकारिक हुँदैन।

Watch Video भिडिओ हेर्नुहोस 


लेखाको अनुसन्धान चलिरहेकै बेला राप्रपा नेपालले थापालाई मन्त्रिपरिषदबाट सभासद मनोनित गरायो। दाजु कमल थापा अध्यक्ष रहेको पार्टीबाट संसदमा छिरेर छानविनलाई प्रभावित गर्न खोजेको आरोप लाग्यो।

तर लेखा सदस्यहरुले थापाको सभासद पद खोस्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने कसरत गरिरहेका छन्।


रकमको विवरण
एएफसी अध्यक्षबाट थापाले १ लाख १५ हजार डलर र उनका छोरा गौरवले एक लाख डलर लिएको


गोलप्रोजेक्ट अन्र्तगत सन २००१ मा ४ लाख डलर पहिलो किस्ता,


सन २००४ मा ५ लाख डलर, सन २०१० मा ४ लाख डलर र सन २०१२ मा ५ लाख गरी जम्मा १८ लाख डलर ( जम्मा १७ करोड ४८ लाख ७० हजार) लिएका।


एफसीबाट २०६३ सालदेखि हालसम्मको ७ वर्षको अवधिमा प्रतिवर्ष एक लाख ८० हजारका दरले कुल १२ लाख ८० हजार डलर लिए पनि हिसाबकिताब कहि नदेखाएको


साफ खेलकूदको टिकटबाट दुइ करोड आम्दानी भएपनि जम्मा ९० लाख रुपैया मात्रै देखाएको
विगत ५ वर्षको अवधीमा रंगशाला छिर्दाको रकम २१ करोड रुपैया हिनामिना गरेको
बन्दना राणाको साथी नामको संस्थालाई विगत ६ वर्षदेखि प्रतिवर्ष २५ हजार डलरका दरले दिएको कतिहो कति .....यहाँ खतरा त ५८ करोड बाट १-१ करोड को झापड  सबै निकायलाइ हानेर फेरी हिरो भएर निस्केलान भन्ने पो भो त  उसै त अभियोग लाग्दालाग्दै  सभासद भैसके  !
खबरदार  रास्ट्रको रगत चुस्ने भ्रस्टाचारीको सिघ्र छानबिन गरियोस  यस्ता भ्रस्टको   सभासद पद खोसियोस


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More