September 22, 2014

नन्दप्रसाद अधिकारीको निधन, ज़िम्मेवार को सरकार, माअोबादी की डलरबादी ?

छोराको हत्यारालाई कारबाहीको माग गर्दै ३३० दिनदेखि आमरण अनशनमा बसेका नन्दप्रसाद अधिकारीको निधन भएको छ ।


वीर अस्पतालमा उपचाररत अधिकारीको सोमबार साँझ निधन भएको हो ।
उनको पत्नी नन्दमायाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।
अधिकारी दम्पत्तिको अवस्था गम्भीर बनेपछि राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त सदस्य सुदीप पाठक, प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम, अधिकारकर्मीहरु सुबोधराज प्याकुरेल र कनकमणि दीक्षति सोमबार अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गरेका थिए ।
लामो समयदेखि अन्नपानी त्याग गरेका अधिकारी दम्पत्तीलाई अक्सिजन र घाँटीनेर प्वाल पारी नलीबाट प्रोटिन दिएर चिकित्सकहरुले बचाउँदै आएका थिए ।
मृत्यु हुनुभन्दा केही घण्टाअघिमात्र भेटेका प्याकुरेलले उनको नाडीको चाल त्यतिबेलै १ सय ४० पुगेको बताए ।
प्याकुरेलले भने-‘बढीमा ७० हुनुपर्ने पल्स दोब्बर भएकाले बाँच्ने सम्भावना सकिएको थियो ।’
गोरखा फुजेलका अधिकारी दम्पत्तिका छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते हत्या भएको थियो ।
छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अधिकारी दम्पत्ति अनसनमा बस्दै आएका थिए । अधिकारर्मी सुवेध प्याकुरेलका अनुसार अधिकारी दम्पत्ति ३३० दिनदेखि अामरण अनसनमा थिए ।
यहाँ मानव मानव अधिकार कर्मिहरुले  सुरुमा नन्दप्रसाद दम्पतिलाई सक्दो समर्थन अनि अनसनमा बस्न साथ् दिएका थिए पछिल्लो समयमा दोष आउन थालेपछि तोड्न आग्रह गरेका पनि थिए ।

माओबादी भन्छन डलरबादीले उक्साए द्वन्दको बेलाको घटनालाइ उछाले सरकार पनि करिब करिब  कुर्शी  टिकाउने दाउमा ठुलो रिस्क लिन तयार नभएर मानव अधिकारबादी हरुले उछालेको  जस्तो निस्कर्षमा पुगेर गृह मन्त्रि देखि सबैले अनसन तोडाउन अधिकारकर्मीहरुसग हारगुहार गरेको थियो ।
यो घटनाले द्वोंद ब्यबस्थापनको लागि सत्यनिरुपण आयोग गठन नगरेर आफ्नो आनो स्वार्थ हेरी राजनीति गर्ने हरुको साख गिरेको छ
, अन्तरास्ट्रिय मानव अधिकार छेत्रमा नागरिकलाइ न्याय दिननसक्ने मुलुक अनि सरकारको रुपमा एउटा नराम्रो संदेश प्रबाह भएको छ ।
भोलिका दिनमा फेरी नेपालीले रास्ट्रसंग  न्याय मागेर मृत्युबरण गर्नुनपरोस सबैले यस घटनाबाट पाठ सिकुन र सम्बन्धित निकायले उनको प्राण त फेरी ल्याउन नसक्लान,  आफ्नो आफ्नो गल्ति स्वीकारेर क्ष्यमा मागुन सक्छन भने उनको आत्मालाइ शान्ति दिन ति हत्यारा हरुलाई कारबाही गरेर देखाउ ।   सबै द्वोंदका पीडकले सजाय   र पिडितले न्याय पाउन,  उनको आत्माले शान्ति पाओस  

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More