एउटा कुटे जस्तो गर्ने अर्को रोए जस्तो गर्ने सहमति गरेजस्तो गर्ने फेरी भाडियो भन्ने समय घर्काउने मेलो । अब यो आजको गोलमेचमा बैद्य आएनन रे गोल्मेचमा सबैलाई डाकेर , सरकार, अन्य दल , नागरिक समाज सबैलाई थान्ग्नामा सुताए भन्ने ठान्दा हुन् ड्यास माओबादीहरु तर यथार्थमा संबिधान सभा चुनाव बहिस्कार गरेर बम हानेर सर्बसाधारण मारेका थिए |
अब लाज छोप्ने एउटा उपाय थियो गोलमटोल मेच त्यो पनि बहिस्कार गरेर अलिकति भाको लाज छोप्ने भाडो अनि राजनीतिक हैसियत पनि तुर्याउन पो लागे गाठे !
केजाती भिर बाट खस्न लागेको गोरुलाइ भन्ने त राम राम हो अब फेरी गोलमेच पर्खेर समय बर्बाद गरेभने अरु दल पनि संबिधान बनाउन हैन जागिर खान जीवका चलाउन नै आका रहेछन ज्ञानेन्द्रलाइ स्थापना गर्न नै यिनको जोड हो भन्ने प्रमाणित हुने छ ।
अब के माओबादी ले गोलमेचको दोकान खोलि अनि राख्ने गोलमेच गर्ने भन्दा भाग्ने यस्तो परिपक्वता देखाउने मुलुकलाइ ?अनि अरुदल फेरी राष्ट्रिय सहमतिको बाजा बजाई राख्ने , एउतै गल्ति फेरी फेरी दोहोर्याई रहने ? सबैनेपलीको प्रश्न अनि खबरदारी
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.