September 4, 2014

अनुसन्धानमा गएका नेपालीलाइ कतार सरकारले गायब गर्दियो, हाम्रा नेपाली दाजुभाइको ज्यान बचाउनका लागि कतार सरकारलाइ दबाब दियौ


सन् २०२२ मा आयोजना हुने विश्वकप खेल स्थलमा खटिएका प्रवासी मजदुरको अनुसन्धान गर्न गएका दुई नेपाली मुलका बेलायती मानवअधिकारकर्मी कतारमा सम्पर्कविहिन बनेका छन्।
बेलायती पासपोर्ट बोकेका नेपाली मूलका कृष्णप्रसाद उपाध्याय र गुणदेव घिमिरेले नेपाली मजदुरसँग साक्षात्कार गरेको र उनीहरु बस्ने आवास शिविरको निरीक्षण नेपाली कूटनीतिज्ञहरुसँग मिलेर गरेको 
श्रमिकहरुसित क्याम्पमै गएर अन्तर्वार्ता लिन असम्भव हुने भएपछि नेपाली दूतावासमा भिसा लिन आएका कामदारहरुसित उनीहरुले अन्तर्वार्ता लिंदै आएका थिए। 


उपाध्याय र घिमिरे अधिकार र विकासका लागि विश्वव्यापी सञ्जाल (जीएनआरडी) संस्थाका लागि काम गर्छन्। उनीहरुलाई कतारी प्रहरीले नियन्त्रणमा लिएको आशंका गरिएको छ। जीएनआरडीका अनुसार विगत तीनदिन देखि कतारी अधिकारीहरुसित पटक पटक अनुरोध गरे पनि उनीहरुका बारेमा केही जानकारी पाउन सकिएको छैन। 

लण्डनस्थित कतारी दूतावासले यसबारेमा प्रतिक्रिया दिन इन्कार गरेको ब्रिटिश स्रोत लाइ उदृत गर्दै  दी इण्डिपेण्डेण्टले जनाएको छ भने ब्रिटिस फरेन अफिसका प्रवक्ताले कतारमा दुई ब्रिटिस नागरिक बेपत्ता भएको आफूहरुलाई जानकारी भएको र यसमा काम गरिरहेको जनाएका छन्। 
कतारीहरुले नेपाली हरुलाई त भेडा बाख्रा ठान्छन कि के हो ? हाम्रा नेपाली दाजुभाइको ज्यान बचाउनका  लागि सबैले आफ्नो आफ्नो ठाउँ बाट कतार सरकारलाइ दबाब दियौ 

अपिल कतारमा कार्यरत नेपाली श्रमिकहरुको बारेमा अध्यन, अनुसन्धान गर्न एबं उनीहरुको अबस्थाको बारेमा वृतचित्र बनाउन नर्बेजिएन मानवाधिकार संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेण्ट (जीएनआरडी) का तर्फबाट कतारमा जानुभएका मनाबधिकार कर्मी कृष्ण उपाध्याय तथा पत्रकार गुणदेव घिमिरे कतारमा सम्पर्क बिहिन हुनु भएको र उहाहरुलाई सादा पोशाकका शुरक्षाकर्मीहरुले पिछा गरि उहाहरु बस्नु भएको होटल परिसर बाट नै कब्जामा लिएको समाचारले हामीलाई अत्यन्तै दुखि एबं गम्भीर बनाएको छ I हाम्रो संगठन प्रबाशी नेपाली मंच (बेलायत ) ( तत्कालिन नेपाली लोकतन्त्रीक मंच बेलायत) संग स्थापनाकाल देखिनै आबद्ध रहदै आउनु भएका उपाध्याय २०६२ / २०६३ सालको जनाअन्दोलन मा बेलायतमा नेपाली जनअन्दोलनको एक्यबद्धता अभियानको नेता, गैरआवासीय नेपाली संघ, बेलायतका पूर्व राष्ट्रिय संयोजक एबं मनाबधिकार कर्मी एबं उहासंगै रहेका गुणदेव घिमिरे टेलिभिजन पत्रकार हुनुहुन्छ I हाम्रो संगठन उहाहरुको अबस्थाको बारेमा सत्य तथ्य यथासिघ्र जानकारीको को लागि सम्बन्धित कतार सरकार, नर्बेजिएन मानवाधिकार संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेण्ट (जीएनआरडी), बेलायत सरकार तथा नेपाल सरकार समक्ष जोडदार माग गर्दछ साथै कतार प्रबाशी नेपाली मंच, गैरआवासीय नेपाली संघ लगाएत सम्पूर्ण नेपाली संघ सस्था एबं सम्पूर्ण महानुभाबहरु बाट संसारभर आबाज बुलन्द गर्न र सम्बन्धित निकायहरुलाई दबाब सिर्जना गर्न अपिल गर्दछ I तुंग भुसाल महासचिब प्रबाशी नेपाली मंच (बेलायत )

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More