August 24, 2014

देशभर सरसफाइ अभियान -clean up Nepal

 क्लिन अप नेपालले देशभर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । सफा र स्वच्छ नेपाल बनाउने लक्ष्यका साथ काम गरिरहेको क्लिन अप नेपालले आगामी अशोज ४ गते देशव्यापी रुपमा सरसफाइ अभियान सञ्चालन गर्नेछ ।
संस्थाले स्थानीय निकाय, सरसफाइको क्षेत्रमा काम गर्ने सरोकारवाल संस्थासँगको सहकार्यमा सरसफाइ अभियान सञ्चालन गर्ने संस्थाका कार्यक्रम अधिकृत कमल रानाले जानकारी दिए । क्लिन अप नेपाल वल्र्ड दिवसको अवसरमा सफाइ अभियान सञ्चालन गर्न लागिएको हो ।

नेपाललाई स्वच्छ बनाउने अभियानमा लागेको क्लिन अप नेपालले सरसफाइका क्षेत्रमा काम गर्न इच्छुकहरुलाई शनिबार तालिम प्रदान गरेको छ । देशभरका ७० जना स्वयंमसेवकलाई सरसफाइ अभियान, सरसफाइ गर्ने तरिका, सरसफाइका बारेमा चेतना जगाउन चाल्नुपर्ने कदका बारेमा जानकारी गराइएको रानाले बताए ।
झन्डै २५ हजार स्वयंसेवकलाई परिचालन गरेर सरसफाइ अभियान सञ्चालन गरिनेछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More