June 2, 2014

10 things that girls does not like on boys-केटि पट्याउन जान्नु पर्ने दश कुरा

युवतीलाई मन नपर्ने युवकका दश कुरा :


दुर्गन्ध : कुनै युवक नजिक पर्दा शरीरबाट गन्ध आउँछ भने युवती टाढिन्छन् ।

अस्थिर : कतिपय युवकको बानी हुन्छ केही न केही चलाइरहने । सर्टको टाँक भए पनि खोलिरहने । यस्तो अस्थिर स्वभाव युवतीलाई मन पर्दैन । अझ पाखुरा देखाउने युवक त युवतीलाई मन नै पर्दैन ।

कन्याउने : शरीरका कुनै पनि अंग कन्याउँदै युवती नजिक जाने युवकलाई उनीहरूले मन पराउँदैनन् ।

अश्लीलता : खुलमखुला अश्लील कुरा गर्ने वा त्यस्तो साइट तथा चलचित्र हेर्ने युवकसँग युवती नजिक हुन चाहँदैनन् ।

संवेदनशील अंगमा नजर : युवतीले आफूलाई युवकले कहाँ हेरिरहेका छन् भन्ने कुरा खुब ख्याल गर्छन् । शृंगार, ओठ, वक्षस्थल वा पाखुरामा मात्र हेर्ने केटासँगको संगत युवतीले मन पराउँदैनन् ।

मौकामा चौका : कुनै युवतीको सम्बन्ध भर्खरै टुटेको छ भने त्यस्तो वेला प्रेम प्रस्ताव राख्ने युवकलाई पनि उनीहरू मन पराउँदैनन् ।

खुला ठाउँमा पिसाब : खुला ठाउँमा पिसाब गर्ने बानी युवतीले पटक्कै मन पराउँदैनन् ।

चरित्रका कुरा : युवतीहरू बोल्ड हुँदै गएका छन् । उनीहरूसँग चरित्रका कुरा गर्ने र केही खुल्नेबित्तिकै अनेक प्रश्न उठाउने युवकसँग रिसाउँछन् ।

डकार : आफ्नो अगाडि डकार्ने युवकलाई पनि युवतीहरू मन पराउँदैनन् ।

घुरेर हेर्ने : युवतीहरूलाई घुरेर हेर्ने युवक मन पर्दैन । मायालु नजर उनीहरूलाई प्रिय लाग्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More