April 9, 2014

१० दिन गयल हुने सभासद हटाइने रे गएर नि काम नगर्ने भत्ता मात्र पचाउने लाइ चै क्यार्ने हो सभामुख ज्यू ?

गज्जब लाग्यो  समाचार सुन्दा अब कुरो  हाजिर मात्र नहुने हैन हाजिर भएर संसद बैठक मा निदाउने , फोनमा गोपनियता भंग गर्ने राज्य कोष दुरुपयोग गर्ने सबलाई बिस्तारै कठघरा मा ल्याउदै संबिधान काम मा एकलब्य दृस्टी लगाए क्या गज्जब हुनेथियो बा !
संविधानसभा बैठकमा लगातार १० दिन खबरै नगरी अनुपस्थित रहने सभासदको स्थान रिक्त घोषित गरिने भएको छ। संविधानसभा नियमावली र अन्तरिम संविधानमा भएको व्यवस्थाबमोजिम बैठकमा सभासदको उपस्थिति निगरानी गर्न थालिएको हो।
प्रमुख दलकै केही सभासद सभालाई जानकारी नदिई लगातार अनुपस्थित रहेको भन्ने सूचनाका आधारमा हाजिरी हेर्ने काम भइरहेको सचिवालय स्रोतले जानकारी दियो। संविधानसभाका १४ बैठक बसिसकेका छन्।
‘सभालाई सूचना नदिई केही सभासद अनुपस्थित रहेको भन्ने जानकारी पाएका छौं,’ सचिवालय स्रोतले भन्यो, ‘हाजिरी हेर्ने काम भइरहेको छ, को–को सभासद जानकारी नदिई अनुपस्थित हुनुहुन्छ, केही दिनमै सार्वजनिक हुनेछ।’
अन्तरिम संविधानको धारा ६७ मा सदस्य स्थानको रिक्तता सम्बन्धी विषय उल्लेख छ। राजीनामा दिए, योग्यता पूरा नभए, सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहे, जुन दलको सदस्य भई निर्वाचित भएको हो, त्यही दलले कानुनबमोजिम निजले दल त्याग गरेको वा दलको सदस्यता कायम नरहेको सूचित गरे र निजको मृत्यु भए सदस्यको स्थान रिक्त हुने संविधानमा उल्लेख छ।
संविधानसभा नियमावलीमा पनि कुनै सदस्य लगातार १० वा त्योभन्दा बढी बैठकमा अनुपस्थित रहनुपर्ने भए अध्यक्षलाई अग्रिम सूचना दिनुपर्ने व्यवस्था छ। अग्रिम सूचना दिन नसक्ने मनासिब कारण भए उपस्थित भएका तीन दिनभित्र सूचना दिनुपर्नेछ। त्यस्तो सूचनामा आफू अनुपस्थित रहने अवधि र कारणसमेत खुलाउनुपर्ने व्यवस्था नियमावलीमा छ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More