April 15, 2014

सामुहिक प्रयास को एक झिल्को बागमती सफाई अभियान सबै क्षेत्रमा एक रोल मोडेल बन्न सक्छ

एकाबिहानै मुख्य सचिब ज्यु बागमतीमा स्नान  गरेको समाचार पढ्न पाइयो यसको  कतिले देखावटी भने कतिले सस्तो प्रचार भने तर यस महान अभियानको अगुवाई गरेर मुख्य सचिब ज्युले नेपालका कर्मचारी सबै भ्रस्ट छैनन् कर्मठ र निस्वार्थ कर्मचारी पनि यस निकाएमा छन् भन्ने कुरा प्रमाणित गर्दिनु भएको छ। 


५० सातादेखि निरन्तर वाग्मती सफाई अभियानमा रहेका मुख्यसचिवसहित सरकारी अधिकारीहरुले पूर्वघोषणाअनुसार सोमबार वाग्मतीमा स्नान गरेका छन् ।

गुह्यश्वरीस्थित वाग्मतीमा सोमबार बिहान मुख्यसचिव लीलामणि पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटालगायतले स्नान गरेका हुन् । उनीहरुसँगै सरकारी अधिकारीहरु, वाग्मती सफाई अभियानका अभियन्ता तथा सर्वसाधारणले पनि सामूहिक स्नान गरेका छन् ।

सम्भवतह यो जनस्तरबाट आफ्नै बल र बुताले  रास्ट्रसेवक नेपालि हरुको अगुवाईमा गरिएको गरिएको एक नमुना अभियान हो । यसबाट नेपालमा अब्यबस्थित र लापरबाहीले अलपत्र परेर बिजोक भएका थुप्रै बागमतीहरु, बिजोगहरु , अभावहरु , कस्टहरु लाइ पनि स्वोतहा स्फुर्त आफ्नै बल र बुताले समाधान गर्न प्रेरणा अवस्य दिएको छ ।  यस अभियानका सम्पूर्ण  कर्मठ सेवक हरुको प्रसंसा गरेर सब्द ले पुग्दैन यस कम को निरन्तरता र सफलता को कामना  गरौ । 
 
photo sources : ekantipur.com/np

1 प्रतिक्रिया हरु:

sabai lagera safa garne ho bhane bagmati ko pani puna pani sakincha

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More