April 2, 2014

नेपालका प्रधानमन्त्रि सुशील कोइराला बिश्वोका सबै भन्दा गरिब नेता

मलाई नेपालका प्रधानमन्त्रि सुशील कोइराला बिश्वोका सबै भन्दा गरिब नेता भन्दा गर्ब लागेको छ तर नेपालमा सर्बहाराका नेताहरु खुंखार काम्निस्टहरु महलमा बस्छन भन्न मलाईलाज लाग्छ ,
नेताले पहिला आफु परिबर्तन भएर अरु परिवर्तन गर्ने हो।
उरुग्वेका राष्ट्रपति जोसे मुजिकाबारे लेख्नासाथ मानिसहरु मितव्ययी, सरल जीवनशैली र बेला-बेला हुने जुत्ताको अभावलाई सम्झन्छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले यी वृद्धलाई संसारकै सबैभन्दा गरीब नेताको उपमासमेत दिएका छन् । तर, अब जोसेको यो पगरी नेपालका प्रधानमन्त्री सुशील कोइरालाले खोस्ने सम्भावना देखिएको छ ।

Nepal's newly elected Prime Minister Sushil Koirala waves to the media at the Constitution Assembly Hall, in Katmandu,  Nepal, Monday, Feb.10, 2014. (AP Photo/Niranjan Shrestha)सरकारी बैठकहरुमा जोसे सामान्य कपडामा उपस्थित भएको तस्वीरले त्यहाँको आर्थिक असमानतालाई झल्काउँथ्यो । उनको सरल जीवनशैली सधै प्रसंसाको बिषय रहेको छ ।
तर, अब जोसेले संसारको सबैभन्दा गरीब नेताको पगरी कायम राख्न नेपालका प्रधानमन्त्री सुशील 


कोइरालको चुनौती सामना गर्नु पर्ने भएको द वाशिंटन पोष्टले लेखेको छ । समाचारमा लेखिएको छ-’पछिल्ला रिपोर्टहरुका अनुसार अब कोइरालाले उनको सिंहासन लिनेछन् ।’
प्रधानमन्त्री कोइरालाले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणमा सम्पत्तिका नाममा तीन थान मोबाइल फोनमात्र रहेको विषयलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै भनिएको छ- त्यसमध्ये दुईवटाले कामै गर्दैनन् ।’

सन् २०१० मा उरुग्वेका राष्ट्रपति जोसे मुजिकाको सम्पत्ति १९०० डलर थियो । तर, कोइरालासँग सम्पत्तिका नाममा न जमीन छ, न रुपैयाँ पैसा, न बिलासिताका बस्तु । भाडाको घरमा बस्ने उनी प्रधानमन्त्री भएपछि सरकारी निवासमा बस्न थालेका छन् । वाशिंटन पोष्टको समाचारमा कोइरालाले बर्मा भ्रमणको भत्ता स्वरुप आएको ६५० डलर नलिएको समेत उल्लेख गरिएको छ ।
जोसे र कोइराला दुबै आफ्नो कट्टरपन्थी युवावस्थाबाट प्रभावित भएका देखिन्छन् । जोसे लेफ्ट विङ गुरिल्ला समूहका पूर्व सदस्य हुन् भने कोइराला पञ्चायतविरुद्ध सशस्त्र संघर्ष गरेका र विमान अपहरण काण्डमा जेल परेका व्यक्ति हुन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More