March 3, 2014

हेर्दा त्यति आकर्षक नभए पनि बढी विश्वासिला हुने

सामान्य नाक नक्शा भएकाहरु हेर्दा त्यति आकर्षक नभए पनि बढी विश्वासिला हुने एक अध्ययनले खुलासा गरेको छ। एक शोधका अनुसार सामान्य देखिनेहरु सुन्दर देखिनेभन्दा बढी विश्वासिला हुने गर्दछन् ।

न्युजर्सीको प्रिंसटन युनिभर्सिटी एवं नेदरल्याण्डको रैडबाउड युनिभर्सिटी निजमेगनका शोधकर्ता कार्मेल सोफरले भने–कुनै मानिसको अनुहार पारम्पारिक रुपमा सम्भवतः उनीहरुको संस्कृति सम्बद्धता र परिचयको संकेत दिने गर्दछ । शोधको निष्कर्ष सामाजिक धारणालाई बुझ्न र विशेषगरी विभिन्न सांस्कृतिक धारणा र कुराकानीलाई बुझ्ने अर्थमा महत्वपूर्ण रुपले प्रभावित छ ।

यो शोधका लागि शोधकर्ताहरुले सामान्य नाक–नक्शा भएका ११ अनुहार र आकर्षकलाई वरियताक्रममा राखे र केही महिला सहभागीसँग सुन्दरता र विश्वसनीयताको आधारमा ती अनुहारमा रेटिङ गर्न भनिएको थियो । शोधको परिणामअनुसार शोधकर्ताहरुले पाए कि जुन अनुहारमा जति कम सुन्दरता र औषत बताइयो, विश्वसनीयताको आधारमा त्यही अनुहार सबैभन्दा बढी विश्वसनीय पाइयो ।

शोधकर्ताहरुका अनुसार विश्वसनीयताको दृष्टिकोणमा अनुहारको पारम्परिक प्रभाव दर्शाउनका लागि गरिएको शोधबाट अनुहारको पारम्परिक प्रभाव र सामाजिक दृष्टिकोणबीचको सम्बन्धमा नयाँ खुलासा भएको छ । यो शोध जर्नल साइकोलजिकल साइन्समा प्रकाशित छ । एजेन्सी तस्वीर प्रतिकात्मक मात्र हो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More