March 27, 2014

कडा रैचन यी लालबाबु पण्डित ? काम कुरो दुवै कडा डिभी वाला कर्मचारीको दोहोलो काड्ने भए


अरु बक बक बढी कुरो गर्ने , कोइ सुस्त, अनि सरकार नै सुस्त भनेर आरोप लाग्न थालेको अवस्था मा एउटा मन्त्रि कडा भएर निस्किए
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा कार्यरत रहेर विदेशी नागरिकता र बसोबासको अनुमतिपत्र डिभी, पिआर र ग्रीन कार्ड लिनेहरुको नामावली चाँडै सार्वजनिक गरिने बताएका छन्।


निजामती सेवामा रहेर विदेशको डिभी र पिआर लिनेको नामावली सङ्कलन अन्तिम चरणमा पुगिसकेकाले चाँडै नामावली सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि लैजाने दृढता व्यक्त गरे।

देशको सेवा गर्छु भन्नेले पैसा कमाउनकै लागि डिभी र पिआर लिँदा नेपालीको स्वाभिमानमा आँच आएकाले त्यस्तो कार्य गर्नेलाई एकपल्ट सच्चिने मौका दिने र नमान्नेलाई राज्यघातको आरोपमा कानुनी कारबाही थाल्ने जानकारी गराए।

मन्त्री पण्डितले दोहोरो नागरिकता र अनुमति लिने सरकारी कर्मचारीको नामावली उपलब्ध गराउन विदेशी राजदूतसँग पनि कुरा गरिसकेकाले जुनसुकै शक्ति आए पनि उनीहरु कारबाहीबाट जोगिन नसक्ने दाबी गरे।

उनले दुई वटा नेपाली नागरिकता लिने सामान्य नेपालीले देशभित्रै कारबाही भोग्नुपर्ने कानुन रहेको तर देशको सेवा गर्छु भनेर निजामती सेवामा भर्ना हुने अनि पैसा कमाउनका लागि आफ्नी आमालाई लात हानेर विदेश भासिने राष्ट्रघातीहरु हुन भन्दै उनीहरुलाई कारबाही नगरेसम्म नेपालको निजामती प्रशासन सुधार नहुने बताए।

उनले कसैले दबाब दिएकै र गाली गरेकै भरमा आफूले उठाएको मुद्दाबाट पछि नहट्ने बरु काम गर्न नसक्ने मन्त्री पद त्याग गर्ने प्रस्ट पारे।

ऋषि धमला संग यिनले दिएको अन्तरबार्ता हेर्नुस

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More