December 30, 2013

दिल्लीमा भ्रस्टाचार बिरोधि आम आदमीहरु सरकारमा आउदै, नेपालमा भ्रस्टाचारलाइ बढावा दिने, घुस र चुनावमा भोट किन्न पोइसो दिने दाम आदमीहरु सभासद बनेर आउदै

भारतको दिल्लीमा भ्रस्टाचार बिरोधि आम आदमीहरु( आम आदमी पार्टी ) जनताको समर्थनमा सरकारमा आउदै गर्दा हाम्रो नेपालमा भ्रस्टाचारलाइ बढावा दिने, घुस र चुनावमा भोट किन्न पोइसो दिने ब्यापारीहरु नेताहरुका समर्थनमा जनताको संबिधान बनाउने सरकार चुन्ने थलोमा आउदै छन् ।

यो उल्टो बाटो हिडाई र उही पुराना अनुहारले भरिएको संबिधान सभा भाग-२ ले कस्तो परिणति ल्याउने हो जग जाहेर छ, उही रोप्नु तिते पाती आस गर्नु दस मुरी धानको भन्या जस्तो नेपाली उखान पारा न भो यो?

अन्न हजारे ले सुरुगरेको भ्रस्टाचार बिरोधि आन्दोलनका एक नाइके अरविन्द केजरिवाल भ्रस्टाचार बिरोधि आन्दोलन गर्दा गर्दै पार्टी नै खोलेर अघि अघि बढौ भन्ने सिलसिला मा कुरो नमिले पछि अन्ना हजारे संग अलग भएर पार्टी गठन गरेको १६ महिना पछि दिल्ली को बिधान सभामा पहिलो पार्टी बनेर सरकार बनाउन सफल भएको छ ।

भ्रष्टाचार विरोधी अभियान्ताहरुले जन्माएको उक्त पार्टी पहिलो पटक चुनाव लडेको हो र उसले मुख्य दल प्रति जनतामा व्याप्त वितृष्णाबाट फाइदा उठाएको देखिन्छ।


सो दलको सफलतालाई एक जना विश्लेषकले राम्रो विकल्पको खोजी गरिरहेका सर्वसाधारणले व्यक्त गरेको खरो जनमत भनेका छन्।

आम आदमी पार्टीको उदयलाई भारतमा जरा गाडेको पहिचान, जाति, आशिर्वाद चाप्लुसी, वंश परम्परा र अकुत सम्पतिको राजनीति माथीको महत्वपुर्ण विजयका रुपमा लिइएको छ।

आम आदमी पार्टीको उदयलाई भारतमा जरा गाडेको पहिचान, जाति, आशिर्वाद चाप्लुसी, वंश परम्परा र अकुत सम्पतिको राजनीति माथीको महत्वपुर्ण विजयका रुपमा लिइएको छ।


नेपालमा पनि मुख्य पार्टीहरुले आफूलाई सुधारेनन् भने उनीहरुले कल्पना गरेभन्दा द्रुत गतिमा नेपालि हरुको आफ्नै आम आदमी पार्टी  शक्तिशाली राष्ट्रिय राजनीतिक दल उत्पति हुने सम्भावना नेपालमा पनि छ नि छैन र ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More