October 8, 2013

Processed food decreased sex powerप्लास्टिकमा प्याकिंग भएका खानेकुरा महिलामा कामेच्छा घटाउछ

आधुनिक जीवनशैलीका कारण अरू विषयमा प्रभाव पार्दै गएझैं महिलामा कामेच्छा घटाउन पनि जिम्मेवार मानिएको छ । आहारविहारमा परिवर्तनसँगै अचेल प्रोसेस्ड फुडको उपयोग बढ्दै गएको छ । यस्ता खाद्यपदार्थको सेवनले महिलामा कामेच्छा कम गर्दै लगेको हालैको एउटा अनुसन्धानमा दाबी गरिएको छ ।

अनुसन्धान अनुसार, प्रोसेस्ड फुड प्रायः प्लास्टिकमा हुन्छ । प्लास्टिक र कतिपय प्रोसेस्ड फुडमै फयालेटस भन्ने तत्त्व हुन्छ, जुन महिलाको यौनसँग सम्बन्धित हुन्छ । शरीरमा त्यो तत्त्वको आधिक्यका कारण महिलाको यौनेच्छा घट्दैै जान्छ ।

यो अध्ययन 'अमेरिकन सोसाइटी फर रिप्रोडक्टिभ मेडिसिन' को हालै भएको वाषिर्क सम्मेलनमा प्रस्तुत गरिएको हो । युनिभर्सिटी अफ रोचेस्टर स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले लामो अध्ययनका आधारमा यो निष्कर्ष निकालेका हुन् । उनीहरूले यसका लागि ३ सय ६० गर्भवती महिलाको पिसाबको परीक्षण गरेका थिए ।

अनुसन्धान अनुसार, पीबीसी फ्लोरिङ, प्लास्टिकको पत्र वा प्रोसेस्ड खानामा भएका रसायनहरूले महिलाको शरीरमा हार्मोन सम्बन्धी परिवर्तनसमेत ल्याउन सक्छन् । यस्तो परिवर्तनले गर्दा महिलाहरूमा यौन सम्बन्धी समस्या हुन सक्छ । फयालेटसको सम्पर्कमा आउने महिलामा यौनप्रति इच्छा नहुने समस्या दोब्बर हुन सक्ने उक्त अध्ययनमा उल्लेख छ ।

यसअघि भएका अध्ययनहरूमा फयालेटसका कारण दम र मधुमेहको जोखिम बढ्ने तथ्य पत्ता लागेको थियो । फयालेटसको सम्बन्ध यौनेच्छा घट्नु सँग पनि हुन्छ भन्ने अनुसन्धानात्मक पुष्टि पहिलो चोटि भएको हो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More