July 3, 2013

श्रीमानको सरकारमा सबैलाई न्याय सुनवालालाइ सुनपानी , दुधवालाइ दुध , पानिवालालाइ गंगाजल, माग्ने जति सबैलाइ मीठामीठा फल

श्रीमानको निस्पक्च्य निर्दलीय सरकारमा सबैलाई न्याय व्यवस्था मिलिरहेको अवस्था मुलुकमा : 

>सुनपसलेलाइ सुनपानीले चोख्याउने

>दुधमा मिसावट गर्नेहरु दुधपानिले चोखिए

>फोहोर पानि सिधै जारमा भरेर बेच्नेहरु गंगाजलले चोखिए

>कमिसनखोर, कृतिम अभाव गरेर कोकोहोलो मचाउने पेट्रोलियम ब्यापारी हरुलाई ब्यबस्थित गरेर चोख्याउने

>भ्रस्ट, फौजदारी अभियोग लागेकाहरु चुनावमा उठ्न पाउने व्यवस्था

>भ्रस्टाचारि नेताहरुलाइ भउन्मुक्ति दिन लोकमान नियुक्ति

>अब सबैले न्याय पाउने प्रत्याभूति पाउने भयेछि पकेटमार , चोर, फटाहाहरु पनि हड्तालमा उत्रिने लहर चल्ने भो ...
उपभोक्ता ठगि गर्ने अखाद्य पदार्थ हालेर खाद्यवस्तु बेच्ने उपभोक्तालाइ नगद लिएर रोग , बिषादी , संक्रमण बेच्ने , भ्रस्टहरुका  रक्च्या कवच बन्ने काम राजनीतिक दलले त गर्दै आए पछिल्लो अवस्थामा  श्रीमानको निर्दलीय सरकार पनि अछुतो रहन सकेन |  

गरेको के हो ? अनुगमनको नाटक गरेर दोषी देखिएकालाई उन्मुक्ति दिनु र पछि ठगी गर्ने छुट दिएर ? गुणस्तरहिन अखाद्य बस्तु बेच्नेलाइ कारबाही गर्नुपर्ने उल्टा तिनले हड्ताल गरे तिनैका माग पुरा गर्दिने कस्तो सरकारी काइदो हो यो ?

प्रजातन्त्र , लोकतन्त्रबादी, समाजबादी, जबजबादी हुदै   क्रान्तिकारी बनेको कमुनिस्ट माओबादीको सरकार नि हेरियो ,  बौदिक भनिएका विद्वान बाबुरामको सरकार पनि हेरियो, अब निस्पक्च्य भनिएका न्यायामुर्तिले नेत्रित्वो गरेका  अनि  देशको अवस्था प्रसासन बुझेका कर्मचारीको सरकार   पनि मजाले हेरियो हेर्न केहि बाकि रहेन अब नेपाली जनतालाइ ।

निरंकुस भनिएको जहानिया राणा साशन,शाही ससान देखि निरिह भनिएको गैर दलिय शासन सम्म आइपुग्दा कुनै जोगी पनि कान नाचिरिएको भेटिएनन ।

अब आफुले भनेजस्तो जोगी तयार गर्न अलिक जानेबुझेका कर्मठ युवा शक्ति अगाडी आउनु पर्ने भो नत्र देश त अब फेरी तराईमा चुनाव भाड्न भूमिगत समुहको एकीकरण , पहाडमा ड्यास माओबादी , अनि चुनाव जसरि नि गर्न लागि परेको श्रीमानको सरकार र श्री ४ दलको सिन्गौरिले मुलुक सिक्किम बन्ने हो कि सोमालिया गतिलो अवस्था मा त पक्कै पुर्यौदैन|

जति गर्नु गरिसके अब पनि नागरिक समाज , जनपक्छिय हस्तछेप अगाडी नबढाउने हो भने अब जान्ने बुज्ने सबै ठुला कुरा अर्ति उपदेस दिने युवा सक्च्यम सक्ति परदेस जाने अनि मुलुक अनाडिअरुले बन्धकी राखेर खाने बाहेक के होला त ?


1 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More