May 6, 2013

घर भाडाको सिमा तोकियोस

अहिले मुख्यत काठमाडौं र अरु केहि प्रमुख सहरको मुख्य समस्या भनेकै कोठा नपाउने र महँगो कोठा भाडा भएको छ । एउटा कोठाको भाडा कतिसम्म लिन पाउने भन्ने कुनै नियम कानुन केहि नहुदा घरबेटी हरुले मनलाग्दी कोठा भाडा बढाउन थालेका छन् जसको मारमा लाखौ नेपाली परेका छन् ।

आज भन्दा ४ वर्ष अगाडी म काठमाडौँ प्रबेस गर्दा एउटा कोठामा भाडा धेरैमा १५०० थियो तर अहिले कुनै सुबिधा बिनै रिंग रोड भित्र एउटा कोठाको ४००० देखि लियर ५००० सम्म भन्न थालिएको छ र यस माथि पनि – पानि , फोहोर –बिजुली भनेर अनेक सुल्क तिन्रु पर्ने बाध्यता छ । केहि दिन अघि तिनकुनेमा खाली भयको २ टा कोठालाई १० हजार भनियको छ जबकी यो भन्दा अगाडी ६ हजार मात्र थियो । अहिले काठमाडौंमा कोठा पाउन मुक्सिल छ । जति महँगो भए पनि बस्ने पर्ने बाध्यता जसको फाईदा घरबेटीहरुले लिन थालेका छन् । 

कोठामा प्रतेक बर्स नया – नया मान्छे राख्दै कोठा भाडा बढाउने चलन सुरु भयको छ । कोठा भाडा बढाउनको लागि नै बर्सौ देखि बसी रहेका पुराना मान्छेलाई विभिन्न बाहना मा हटाएर कोठा भाडा भारि रुपले ब्रिदी गरियको मैले धेरै देखोको छु । पहिले पहिले एउटा मान्छे लामो समय बाहालमा बसिदियोस भन्ने घरबेटी हरूको सोच हुन्थ्यो भने अहिले महिनै पिछे मान्छे फेर्न पाय हुन्थ्यो भन्ने चाहना भयको छ । 

कोठाबाट मान्छे निस्कनेबितिकै पाच सयदेखी २ हजारसम्म भाडा ब्रिदी गरेको मैले धेरै देखि सके । पछिल्लो समयमा १ वर्षमै २००० ले कोठा भाडा बढेको देखिन्छ । साधारण खालका र सुबिधा नभएका कोठाहरुका भाडा पनि घरबेटीको इच्छा अनुसार तोकीएक छन् । 

ब्यापारिक सटरको भाडा पनि मनलाग्दी बढाउनेले गर्दा सानो पुजीबाट आफ्नो ब्यपार सुरु गर्ने ब्यापारीहरु पनि मार्कमा परेका छन् । ब्यापारिक सटरको भाडा त एक्कासी १० हजारसम्म बढाउने गरिन्छ रे । हामी हरुको यो मुख्य समस्याबाट आफ्नै घरमा बस्ने नेता र उच्च तहका सरकारि कर्मचारी हरु बेखबर हुनु हुन्छ होला - किनकि उहाहरुलाई कोठा भदा तिरी रहनु पर्दैन ।

सरकारी तलब १२००० जति – निजि क्षेत्रमा काम गर्ने धेरैको आम्दानी भनेको पनि मासिक १० हजार हाराहारी हो । अब एउटा कोठाको ४-५ हजार तिर्नु पर्ने अवस्था आय पछि जिबन यापन के गरि गर्ने । यो समस्याले बिसेस गरि विद्यार्थी र ति नेपाली पिडित छन् जसले आफ्नो कमाईको ५० प्रतिसत भन्दा धेरै कोठा भाडामा मात्र खर्च गर्नु पर्ने बाध्यता सिर्जना भयको छ । तेलको भाउमा २ रुपया ब्रिदी हुने बिताकै आन्दोलन गर्ने विद्यार्थी नेता हरु यो कुरामा किन चुप छन् – जबकी यो समस्याबाट धेरै विद्यार्थी नै पिडित छन् |

अब कोठाको क्षेत्रफ़ल, सहरको मुख्य ठाउँबाटको दुरी – पानी, यातायातको सुबिधा आदि बिसयलाई आधार मानेर सकरारले कोठा बाहलको सिमा तोकीदिने ढिला भई सकेको छ । कस्तो घरको भाडा कति लिन पाउने हो भन्ने नीति राज्यले बनाईदिनु पर्छ । ४ बर्सअघिको तुलनामा हेर्दा अहिले एउटा कोठाको भदा धेरैमा २५०० हुनु पर्ने हो तर एउटा कोठाकै ५ हजारसम्म भन्न थालियो । सरकारले बिभिन्न खाध्यान्न्को अधिकतम मूल्य तोक्दा कोठाभाडा कति लिन पाउने हो भनेर सिमा तोकिदिनु पर्थ्यो तर नीति निर्माण तहमा भएकालाई यो समस्या नपरेकोले गर्दा वास्था गरियन् । 

सरकारले सुरु गरेको घरबहाल करको अभियान पनि खासै प्रभाबकारी हुन् सकेको छैन । महँगो भाडा तिरेर दोस्रो दर्जाको मानिससरह बसे पनि त्यसबापत घरबेटी हरु राज्यलाई राजस्व बुजौदैनन् । कोठाको बसाईलाई ब्यबस्तित गर्दा सरकारले पनि अरबौ राजसो उठाउन सक्छ जुन राजस्वो रकम अहिले खेर गई रहेको छ । यस बिषयमा सम्बधित निकायको छिटै ध्यान जावोस –यदि हाम्रो गुनासोको कुनै सुनुवाई हुदैन भने अब हामी कोठा भाडामा बस्ने विद्यार्थी, मजदुर , पेसाकर्मी ब्यापारी एक् जुट भएर खबरदारी गर्नु पर्ने बेला आएको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More