April 17, 2013

लौ लाइसेंस लिन अब ट्रायल फेरिए छ! यस्तो रहेछ नया २ पांग्रे , ४ पांग्रेको ट्रायल

यातायात व्यवस्था विभागले सवारी र ट्रफिक ज्ञानको प्रभावकारिता बढाउन बैशाख ८ देखि लागु हुने गरी नयाँ मापदण्ड बनाएको हो । तयारीका लागि चैत २६ देखि लाइसेन्स परीक्षाको आवेदनसमेत बन्द छ । 

पुरानो शैलीको दुई पांग्रेले डन्डी छलाउने र चार पांग्रेले 'टी सेप' कटाउने विधि बदलिएको हो । ५ वटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीक्षा फेरिएर अब अंग्रेजी अंक 'आठ' आकारमा घुमाउनु पर्नेछ । 
त्यसपछि ठाउ ठाउमा राखिएका स्पीड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्नेछ । त्यस्तै उकालो र ओरालोमा समेत चलाउनु पर्नेछ । परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ । चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ । 'यू' टर्नमा साइट लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक बत्तीको उपयोग पनि हेरिनेछ । पाँच मिनेट तोकिएको 'आठ' आकारको दूरी पूरा गर्नुपर्नेछ । 

चार पाङग्रेमा सिट बेल्ट, ऐना, संकेत, स्टार्ट, एक्सिलेटर, ब्रेक, क्लज र ब्याक गियरको प्रयोग तथा मोडने तरिकाको परीक्षण गरिन्छ । दुई पाङग्रेको नया बानेश्वर स्थित ट्रलीबस कार्यालय पछाडि र चार पाङग्रेको साल्ट ट्रेडिङ अगाडि प्रयोगात्मक परीक्षा हुनेछ । ट्राफिक लाइटमा समेत सवारी चलाएर नियम उल्लंघन गर्न थालेपछि प्रयोगात्मक परीक्षास्थलमा लाइटको व्यवस्था गरिएको छ । 

परीक्षा निगरानी गर्न र अनियमितता हुन नदिन उच्चस्तरको सिसि क्यामरासमेत जडान गरिएको छ, जसको अभिलेख लाइसेन्स जारी नहुदासम्म सुरक्ष्ाित राखिनेछ ।लाइसेन्स परीक्षा समितिले जारी गरेको नजिता चित्त नबुझे सीसीक्यामराले खिचेको भिडियो समेत दखाइने नया व्यवस्था अनुसारलाइसेन्स लिने चालक परिपक्व हुने ट्राफिक इन्जिनियर आशिष गजुरेलले बताए ।

के भए फेल ?

दुई पाङग्रे

-हेलमेट नलगाइ, ऐना नमिलाई र साइट लाइटको प्रयोग नगरी स्टार्ट गरे

-आठ आकारको लाइन भन्दा बाहिर सवारी लगे-

-यू टर्नमा साइट लाइट प्रयोग नगरे-

-ट्राफिक संकेत पालना नगरे-

-दुई वा बढी पल्ट स्टार्ट बन्द भए


चार पाङगे

-सिट बेल्ट नबाँधे, पछाडि दायाबाया हेर्न सिसाको परीक्षण नगरे, साइटलाइट नबाली स्टार्ट गरे--

-आठ आकारको लाइन भन्दा बाहिर गए

-स्पिड ब्रेकरमा रोकिए वा स्टार्ट बन्द भए-

-यू टर्नमा साइट लाइटको प्रयोग नगरे

-ट्राफिक संकेत पालना नगरे

-ग्यारेज पार्किङ गर्दा लाइन भन्दा बाहिर परे 

-दुई वा बढी पल्ट स्टार्ट बन्द भए
Source: Ekantipur, baishakh4,2070

1 प्रतिक्रिया हरु:

thanks khabardari 4 the information

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More