March 1, 2013

धनियामा औषधीय गुण पाइन्छ

चाहे पात होस् वा गेडा तरकारीमा धनिया राखेर खाँदा निकै स्वादिलो हुन्छ । अचारमा धनियाको पात मिसाउँदा निकै सुगन्धित तथा स्वादिलो हुन्छ । हामीले खानालाई स्वादिलो बनाउनका लागि धनियाको प्रयोग गर्छौँ ।

तर धनियाले केवल खानालाई स्वादिलो वा सुगन्धित बनाउने मात्र होइन । धनियामा औषधीय गुण पाइन्छ अर्थात् यसको नियमित सेवनले हामीलाई धेरै खालका स्वास्थ्य समस्याबाट जोगाउँछ । आखिर धनियाका गुन के के छन् त ?
जोर्नी दुख्ने समस्या अर्थात् आर्थ्राइटिस विरामीका लागि धनिया निकै लाभदायी हुन्छ । धनियाका पातमा एन्टी ट्युमेरिक तथा एन्टी आर्थ्राइटिक गुण हुन्छ । जसले जोर्नी सुन्निने तथा दुख्ने समस्या कम गर्छ ।
आँखालाई स्वस्थ राख्न पनि धनियाको नियमित सेवन गर्नुपर्ने हुन्छ । धनियाको पात पानीमा उमाल्ने र त्यसलाई छानेर पानी बोतलमा खन्याउने । त्यो पानी चिसो बनाएर दुइ थोपा नियमित आँखामा राख्ने गर्दा आँखा पोल्ने तथा दुख्ने र बढि आशु आउने समस्या कम हुन्छ ।

गर्भावस्थामा आउने वान्ता रोक्न पनि धनिया उपयोगी हुन्छ । गर्भवती महिलालाई आउने वान्ता र वाकवाकीको समस्या कम गर्न धनियाको पात पानीमा पकाउने अनि त्यो पानीलाई छानेर चिसो बनाएर पिसेको मिश्री राखेर खाने गर्नुपर्छ ।
छालाको सुन्दरताका लागि पनि धनिया लाभदायी हुन्छ । धनियाको पातले छालालाई सुन्दर र स्वस्थ बनाउँछ । धनियाको पात मज्जाले पिँधेर अनुहारमा लगाउने र केही बेर राखेर सफा पानीले अनुहार पखाल्नुपर्छ । धनियाको पातको रसमा हलेदोको रस मिलाएर अनुहारमा लगाउँदा विभिन्न खालका खटिरा तथा अन्य खाले छालाका रोग पनि निको हुन्छ र अनुहारमा चमक बढ्छ ।
धनिया मधुमेह तथा उच्च रक्तचापका विरामीका लागि समेत लाभदायी हुन्छ । यसले सरीरमा इन्सुलिनको मात्रा सन्तुलित गर्ने, कोलेस्टेरोल तथा चिनीको मात्रा समेत सन्तुलित गर्न मद्दत गर्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More