February 20, 2013

मुलुकलाइ निकास दिन नसक्ने समस्या मात्र थोपरिरहने ? कस्तो राजनीति ?

राजनीतिक नौटंकी नै नौटंकीको प्रयोगशाला बनेको नेपालमा फेरी हेरिनासक्नु जात्रा सुरु भा छ यता प्रधान न्यायाधीश रेग्मीलाई भेट्न प्रमुख चार दलका शीर्ष नेताहरुले साँझ ६ बजे प्रधान न्यायाधीश निवास बालुवाटारमा मस्यौदाको सर्त र भाषा बारे बिच्किएका रेग्मीलाई थामथुम पर्दै आश्वस्त पार्ने प्रयास गर्ने


उता गैर संवैधानिक र गैर राजनीतिक तरिकाले प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार बनाउने तयारी भएको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहित ६ दलले संयुक्त जुलुस निकाली राष्ट्रपतिलाई विरोध पत्र बुझाए उता अर्का खल्ती खल्ती मा पार्टी कार्यालय बोकेर हिड्ने साना द 24 साना दल आफुलाई 4 ठुला दलले नापुछेको गुनासो गर्दै साझा धारणा बनाउन ब्यस्त ।

 हुनत अब देशलाई नेत्रित्वो दिन आफु असफल भएको स्विरोक्ति संगै राजनीतिक रोगलाइ राजनीति भन्दा बाहिरका न्यायाधिसलाइ प्रधानमन्त्री मान्ने यिनको सहमतिले प्रस्ट भयो देशका शिर्ष नेता र राजनीतिक दलको हैसियत  ।
देशमा भएका सबै लोकतन्त्रका स्तम्भ हरुको एक पछि अर्क गर्दै तेजो बध गर्ने सिलसिला अन्तर्गत अब सर्बोचः अदालात् र प्रधान न्यायाधिसलाइ पनि गिजोलेर देशलाइ अझै अराजकतातर्फ लैजाने प्रयाश हैन भने सबैलाई बिश्वासमा लिएर चुनावमा जानुको विकल्प थिएन छैन र हैन ।
 खबरदार देशलाई निकाश चाहिएको छ राजनीतिक बेइमानीले कान्तबिजोक भएको मुलुकमा अब फेरी नचाहिने समस्या निम्त्याएर जनतालाइ दुख दिने काम नहोस । निकाश दिन सक्दैनन् भने समस्या थोपर्ने अधिकार यी नेताभनौदालाई छैन

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More