October 1, 2012

How to increase memory power with exercise-स्मरणशक्ति बढाउन र सुधार्न सकिन्छ

सबै जना आफ्नो स्मरणशक्ति बढाउन चाहन्छन । यद्यपि विद्यार्थीले स्मरणशक्ति बढाउने चाहना राखेर मात्र हुँदैन । यसका लागि निरन्तरको मेहनत आवश्यक छ ।

विद्यार्थीको स्मरणशक्तिमा धेरै कुराले प्रभाव पारेको हुन्छ । इच्छाशक्ति राखेर निरन्तर मेहनत गरे आफ्नो स्मरणशक्ति बढाउन र सुधार्न सकिन्छ ।

मनको कल्पना र पुनः स्मरण गर्ने बानीः
स्मरणमा ज्यादै राम्रो मानिएका व्यक्तिहरुमा यो गुण हुन्छ । यो विधिअनुसार स्मरण गर्दा स्मरण गर्नुपर्ने कुरालाई कुनै विषय वा घटनासँग अन्तरसम्बन्ध राखिन्छ । जस्तैः पाठमा भएका कुनै पाँच चीजको नाम घोक्नुपर्ने छ भने ती पाँच चीजलाई मन पर्ने गीत, चलचित्र अथवा कविताको सुरुको अक्षरबाट नामकरण गनर्े । यसरी स्मरण गरे चाँडै स्मरण गर्नसकिन्छ । आफूलाई जसरी सजिलो हुन्छ त्यसैगरी अध्ययन गरे आफ्नो स्मरणशक्ति राम्रो बनाउँदै लान सकिन्छ ।

कण्ठाग्र गर्ने र अभ्यास गर्ने 
यो विधिअनुसार पढ्दा राम्रोसँग स्मरण गर्नसकिन्छ । यो स्मरण बढाउने एउटा राम्रो विधि हो । पढ्दै जाँदा वा पढिसकेपछि कण्ठाग्र भन्दै जाने र अभ्यास गर्न काम निरन्तर गरिरहनर्ुपर्छ जति बढी अर्भ्यस गर्‍यो स्मरण पनि त्यति नै बलियो बन्दै जान्छ । विद्यार्थीले पढ्ने र दोहोर्‍याउने काम लेखेर गर्नुपर्छ ।

निरन्तर सिकाइः
स्मरणशक्ति राम्रो बनाउन आफूले पढ्नुपर्ने पाठलाई पटकपटक दोहोर्‍याउने, तर बिनापरिश्रम सिकाइ र्सार्थक हुन नसक्ने भएकाले निरन्तर सिकाइमा लागिरहनर्ुपर्छ ।

शारीरिक स्वास्थ्यः
स्मरणशक्ति बढाउन आफ्नो शरीरलाई स्वस्थ राख्नर्ुपर्छ शरीर स्वस्थ राख्न खानपानमा ध्यान पुर्‍याउनर्ुपर्छ किनभने स्वस्थ शरीरले मात्र परिश्रम गर्न सक्छ, ध्यान केन्द्रित गर्नसक्छ र सही रुपमा बुद्धिको प्रयोग गर्नसक्छ । एउटा अस्वस्थ व्यक्तिले परिश्रम गर्ननसक्ने भएकाले उसले अध्ययनमा ध्यान दिन सक्दैन । शरीरमै ध्यान केन्द्रित हुने हुँदा अध्ययन सफल र सबल रुपमा अघि बढ्न सक्दैन । आफ्नो शरीरलाई स्वस्थ बनाउनु पनि स्मरणशक्ति राम्रो बनाउन सहयोग पुर्‍याउनु हो । अठोटस्मरणशक्ति बढाउन अठोट चाहिन्छ ।

अठोटः
मनोवैज्ञानिक बल हो । मनोबल र दृढ इच्छाशक्ति भए मात्र सफलता प्राप्त गर्नसकिन्छ । दृढ इच्छा भए मात्र लक्ष्य पूरा हुन सक्ने भएकाले म केही गर्छ, कोही भन्दा कम छैन भनेर अघि बढ्नर्ुपर्छ निर्दिष्ट अठोट लिएर अध्ययन अघि बढाए किन अध्ययन गर्दैछु प्रस्ट हुन्छ र अध्ययन प्रभावकारी रुपमा राम्रो एवं उच्चस्तरको हुन सक्छ ।

लक्ष्य निर्धारण गर्नेर्ः
विद्यार्थीले एउटा न एउटा लक्ष्य लिनर्ुपर्छ लक्ष्य राख्दा आफ्नो प्रतिभा, रुचि, परिवारको आर्थिक स्थिति आदिलाई ध्यान दिनर्ुपर्छ जब कुनै लक्ष्य राखिन्छ भने त्यसलाई मेहनत गरी पूरा गर्नर्ुपर्छ कुनै पनि काम सुरु गरेपछि अन्त्यसम्म निरन्तर अभ्यास गर्नाले लक्ष्यमा पुग्न सकिन्छ । आफ्नो लक्ष्य स्पष्ट भए स्मरण गर्नपनि थप टेवा पुग्छ ।

सकारात्मक धारणाः
सधैँ सकारात्मक धारणा लिएर अध्ययनलाई अघि बढाउनर्ुपर्छ जीवन आफैँमा उत्सवले भरिएको छ । दिनहुँ आउने नयाँ दिनको उत्सवलाई सधैँ स्वागत गरिरहनर्ुपर्छ उल्लास र खुसीपर्ूवक प्रत्येक दिनलाई नयाँ एवं सकारात्मक रुपले लिनर्ुपर्छ सकारात्मक धारणा राख्ने व्यक्ति नै जीवनमा सफल हुने भएकाले आफू पढाइमा कमजोर छु भन्ने भावना नराखी म केही गर्नसक्छु र आफूमा स्मरण बढाउने खुबी छ भन्ने मनोबल लिएर पढ्ने बानी बसाल्नर्ुपर्छ जुनसुकै विषय पनि सुरुचिपर्ूण्ा र सकारात्मक रुपले पढे सफल हुन सकिन्छ साथै स्मरणशक्ति पनि राम्रो बनाउन सकिन्छ ।

प्रतिफल अथवा पुरस्कारः
जुन काम गर्दा राम्रो र बढी प्रतिफल पाइन्छ मानिसले त्यही काम गर्छ परीक्षामा उच्चतम अंक ल्याउँदा पाइने पुरस्कारले अध्ययनलाई अघि बढाउन उर्जा मिल्छ, तर पुरस्कार पाइएन भने पनि असल र सत्य कुरा पाउनेछु भन्ने विचार लिएर अघि बढ्नर्ुपर्छ आशाले निराश बनाउँदैन । आशा भए धर्ैयहुन्छ र धर्ैयभए लगनशीलता पनि हुन्छ । परीक्षाको नतिजालाई स्वीकार गर्नर्ुपर्छ र आफर््ना कमीकमजोरी सच्याउँदै पढ्नर्ुपर्छ यदि एउटा आशा र विस्वास राखेर परिश्रम गर्दै गए एक दिन अवश्य राम्रो प्रतिफल प्राप्त हुन्छ । यसरी प्रतिफलले पनि स्मरणलाई अझ राम्रो र प्रभावकारी बनाउँछ ।

निरन्तरको मेहनतः
आफूले अध्ययन गर्नर्ुपर्ने पाठमा निरन्तर मेहनत गर्दै अघि बढ्नर्ुपर्छ पाठका मुख्य बुँदाहरु याद गर्दा आफूलाई मनपर्ने गीत, चलचित्र अथवा कविता वा मनपर्ने साथीको नाम बनाएर पढ्दा पनि स्मरणशक्ति बढाउन सकिन्छ । निरन्तर मेहनतका साथ धर्ैय राख्नर्ुपर्छ साथै प्रतिक्षा पनि गर्नुपर्छ यति भए अवश्य सफलता प्राप्त गर्न र स्मरणशक्ति बढाउन सकिन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More