
'कोदो वा चामलबाट बनाइने रक्सीको कडा गन्ध नाकमा आउँछ र यो सिधा घाँटी हुँदै तल जान्छ,' सिएनएनको नेपाली रक्सी सम्बन्धि वर्णन सूचीमा लेखेको छ, 'तर, यसले अचम्मलाग्दो तरिकाले मखमली आभाष दिन्छ र आफ्ना चाडपर्व र जात्रा मनाउने क्रममा नेपालीले रक्सी पिउने गर्छ्रन्। 'तै पनि हाम्रो विचारमा रक्सी आफैंमा उत्सव मनाउने कारण हो,' ।
सिएनएनको उक्त सूचीको ४१ स्थानमा आएको नेपाली रक्सीले जापान, जर्मनी, दक्षिण कोरिया, इन्डोनेसिया, पुर्टोरिको, आयरल्यान्ड, अस्ट्रिया र भारतका पेय पदार्थलाई पछाडि पारेछ।
रक्सीले भारतीय आँपको लस्सी (सूचीको ५०औं स्थान), अस्ट्रियाको रेडबुल, जापानको याकल्ट, आयरल्यान्डको गिनिज, पुर्टोरिकोको पिना कोलाडा, कोरियाको सुजेओन्गावा, जर्मनीको फ्यान्टा र जापानकै सिकुवासा जुसलाई उछिनेको हो।
२०११ डिसेम्बरमा पनि यो सूची प्रकाशित थियो CNNले अद्यावधिक गर्दै पुनः २०१२ सूची सार्वजनिक गरेको हो। नेपाली रक्सी गत वर्ष पनि ४१औं स्थानमै अडेको थियो। त्यसबाहेक उत्कृष्ट पेय पदार्थको दसौं स्थानसम्म पनि कुनै परिवर्तन आएको छैन। ती सबै विगतकै सूचीमा समावेश थिए।
संसारभरका मानिसको अनिवार्य एउटै पेय 'पानी' ले यो सूचीमा पहिलो स्थान ओगटेको छ। दोस्रो स्थानमा अमेरिकाको कोकाकोला परेको छ। कोकाकोला सन्
१८८६ देखि उत्पादन हुँदै आएको छ। तेस्रो स्थान अफ्रिकी राष्ट्र इथियोपियाको कफीले ओगटेको छ।
संसारभर खपत हुने बियर चौथो र चिया पाँचौं स्थानमा पर्न सफल भएको छ। मलेसियाको एयर माटा कुसिङ छैठौं, अमेरिकाको सुन्तलाको जुस सातौं, रेड वाइन आठौं, बेलायतको जिन र टनिक नवौं र मार्सवल्लो मिश्रण भएको हट चकलेट दसौं स्थानमा परेको छ।
त्यसै गरी स्पनेको सांग्रिया, खरबुजा र काँक्रोको रस, अमेरिकाको कुल एड, फ्रान्सको पास्टिस, जापानको सेक, इजिप्टको लेमोनेड, ह्वाइट वाइन, इन्डोनेसियाको एसकेलापामुडा, बेलायतको एग्नग, अमेरिकाको ग्याटोरेड, दूध, टर्कीको राकी, ताइवानको बबल टी, थाइल्यान्डको आइस टी, ब्राजिलको क्यापिरिन्हालगायत छन्।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.