August 31, 2015

आउनुहोस राजनीतिक भागबन्डा गरेर योग्यता र क्षमतावान नेपालीको तेजोबधगर्ने लुटेरा प्रवृति बिरुद्द डाक्टर गोबिन्द केसीको आमरण अनसनलाई साथ् र समर्थन गरौ


त्रीबीमा राजनीतिक पार्टीको झोला बोकेर तिनका नेताको चाकरी, दलाली गरेकोभरमा  सैचिक संस्थान हरुकोपद हत्याउने र क्षमतावानहरुलाईपाखा लगाउने   कुसंस्कारलाइ त्रीबी शिक्षण अस्पतालबाट निर्मुल गर्न सुरुभएको   डाक्टर गोभिन्द  केसीको  भोक हड्तालमा सबै नेपालीको साथ् र समर्थन छ |  

टायर, बालेर , तोडफोड , जुलुस हड्ताल नगरी माग नसुन्ने सस्कार बसेको देशमा केसी को यस्तो गंधिबादी शान्तिपूर्ण आन्दोलनको नैतिक बिहिन शासकहरुले गैरजिम्मेवारीपन देखाउदै नसुनिदिदा  केसीको स्वास्थ्य ज्यादै गम्भीर छ |
उनको माग सुनुवाई गर्ने निकाय नेपाल सरकार, बेकुफ  बनाउने यी र बेवकुफ हुने हामी सबै रमाएका छौ साधुलाइ सुली र चोरलाइ चौतारो गर्ने संस्कारको जग हालेर नया नेपाल , समाबेसी , समता समानता , बर्गीय,लिंगीय , जातीय हुने नहुने सबै निर्माण गर्ने पबित्र लक्ष लिएर हिडेका छौ
|

सम्भव होला ? बनमारा रोपेर सुन्दर फलको आस गर्ने,  मुखले बोलेकोकुरा  पिधले बोले जति नि विश्वसनीयता नभएका  बकम्फुसे नेताले देखाएको सपना हावादारी गफ सुनेर ताली पड्काउने हामि अनाडी अनि नेपाली जनताको बेवकुफीलाई राम्रोसंग सदुपयोग गर्दै सत्ता र शक्तिको दुरुपयोग गर्दै पार्टीगत , व्यक्तिगत र गुटगत स्वार्थ पुरागर्ने नैतिक बिहिन लाचार हरुको अगुवाईमा रास्ट्रको भबिस्य सुन्दर होला भन्ने महाभ्रम हामि नेपालीमा    जति चाडो पतन हुन्छ तेती नै चाडो  यो देशको सुखद भबिस्यको  यात्रा सुरु हुनेछ | 

सत्तामा  पुग्न रातो दिन तोडफोड़ गरिरहेका युवाहरु , भ्रस्टहरुलाई न्यायदिन रोदन गरिरहेकाहरु, सत्ताको नरिवल खेलाएर ज्ञानेन्द्रपथमा लागेकाहरु , सबै नकारात्मक संस्कार  बिरुद्द  इमान्दार नागरिकको परिचय र धर्म निभाउदै नैतिकता खडेरी परेको मुलुकमा एक्झिल्को नैतिकता प्रदर्शन गर्दै प्राणको आहुति दिएर कुसस्कर बिरुद्द उत्रनुभएका डाक्टर केसी लाइ सलाम छ |
  
काम नगरी ठगि-लुटी , छल-कपट, चाकरी  गरेर ठुलो हुने प्रवृति  बिरुद्द डाक्टर केसीले सुरु गर्नुभएको लडाईलाइ समाजका हरेक तप्कामा पुर्याउने जिम्मा हामी सबै देशभक्त नेपाली को हो | 

भ्रस्टलाइ कारबाही गर्दा नाराजुलुस गर्ने , राष्ट्रलाइ बन्दि बनाएर, जनतालाइ सास्ती दिएर,  समाधानका उपाय, सुत्र  बताउदै हिड्ने ठुलाठुला नेता, तिनका महाबाडि छाप्ने , हगेपादेको समाचार छाप्ने संचार सम्प्रेसन गर्ने लाजमर्दो पत्रकारिता जस्ता  आदि इत्यादी प्रवृतिको हावी भएको बखत  एक इमान्दार व्यक्तिले सुरुगर्नुभाएको नैतिकताको आन्दोलनले समाजमा एउटा सकारात्मक संदेश दिएको छ |
आउनुहोस अब यस्ता व्यक्तिहरु खोजि खोजि  राष्ट्र हितमा लाग्न प्रोत्साहन गरौ | 
खबरदार  होसियार डाक्टर गोभिन्द केसीको स्वास्थ्यमा केहि भए जिम्मेवार राजनीतिक दलहरु र सरकार चलाउने ठेकेदारहरु हुनेछन नेपाली जनता मौनभएर हेरिरहेका छन् ढिलो नगरेस मागको सुनुवाई चाडोहोस् 
    


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More