July 16, 2012

क्या सजिलो नेपाली उपाय दुर्घटना भयो चालकलाइ दोष दियो सबै चोखो, भ्रस्टाचार गरेर सडक मर्मत, ट्राफिक व्यवस्था सबै भताभुंग पार्नेहरु चै जिम्मेवार छैनन् ?


दैनिक  दुखद समाचार सुन्न थालियो, हिजो मात्र नवलपरासीमा बस दुर्घटना मा ३९ जनाको मृत्युको खबर सुनेको आज फेरी त्रिसुलीमा  १६ नेपालीको ज्यान गएको , बस र टिप्पर नवलपरासीमै ठोकिदा ३ को मृत्यु ४० घाइते |
हे! पशुपतिनाथ अब तिमीले नै चालका छौ यो देश, यस्तो दुखद समाचार सुन्न नपरोस रक्च्या गरिदेउ , सबै  मृतात्मा हरुको चिर सान्तिको कामना गरौ |
क्या सजिलो नेपाली  उपाय दुर्घटना भयो चालकलाइ दोष दियो  सबै चोखो, भ्रस्टाचार गरेर सडक मर्मत, ट्राफिक व्यवस्था सबै  भताभुंग पार्नेहरु चै जिम्मेवार छैनन्  ?

हरेक दिन हुने दुर्घटनामा पक्कै पनि कारण त केहि होलान ट्राफिक नियम , सवारी साधनको स्थिति , चालकको लापरबाही , सडकको दुर्गति |  सबै  जिम्मेवार निकाय हरुले जिम्मेवार भएर लगिदिए यस्तो समाचार सुन्नु पर्दैन थियो कि ? नेपालीले अकालमा मृत्यु बरण गर्नु पर्दैन थियो कि ?
जुनसुकै दुर्घटनामा पनि चालकलाइ  दोष दिएर अरु निकाय हरुले उन्मुक्ति पाउने अथवा उम्किने प्रथा अन्त्य होस् |
तेत्रा ठुला ठुला दुर्घटना हुन्छन तेती धेरै मानिसहरुको मृत्यु हुन्छ तर कुनै पनि निकायले जिम्मेवारी लिदैनन र जिम्मेवार भएर प्रस्तुत नै हुदैनन् कस्तो बिडम्बना यो देशमा |
कहाँ गए ति ठुला ठुला भासन दिएर जनता को जन धन को ग्यारेन्टी गर्छु भन्ने पन्ग्दुरे नेता कसैले पनि दुख प्रकट गरेको  सम्म समाचार आएन |  सरकारका जिम्मेवार  कामचलाउ मन्त्रिहरुले काम आफ्नै मात्र चलाएको जस्तो भान भयो , कठैबरा हामी नेपाली  २१औ सताब्दीमा न जनको सुरक्च्या न धनको न सामान्य बाच्न पाउने अधिकार को ...क्या लोकतन्त्र कहिँ नभएको लोकतन्त्र नेपालमा  ...

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More