June 16, 2012

भारतीय क्रिकेट टिमका कप्तान धोनी नेपाली क्रिकेटका सद्भाव दुत बनिदिनु गतिलो प्रयास , एकआ पसमा सहयोग र सद्भाव बढे दुवै देशलाइ फाइदै फाइदो

नेपाली टोपीमा भरितीय क्रिकेटका सर्बाधिक सफल कप्तान धोनी
जसरि लोकतन्त्रका मध्यमबाट  अभिव्यक्ति र विचार सम्प्रेसनगरि समाज परिबर्तन गर्ने अवसरहरु   प्रमुख राजनीतिक घटनाहरु  प्रजातन्त्रको स्थापना ,माओबादीजनयुद्ध , राजतन्त्रको अन्त्य अनि गणतन्त्रको सुरुवात संगै प्राप्त भए यसको चरम दुरुपयोगको सृंखला बढ्यो|   नेपालका  संचार क्षेत्र , सामाजिक जालोमा देखापरेको बिकृति ,  अर्ति , उपदेश र गालीको सृंखलालाइ हेर्दा नै प्रस्ट हुन्छ हामीले जस्तो संस्कार र कर्मले संबिधानसभाको चुनावमा भोट हाल्येउ अनि जस्तो नेत्रित्वो र संस्कार सिर्जना गर्यौ तेस्ले अन्ततः बर्तमान अवस्थामा बाहेक अन्त लाने नै थिएन !  
हामि अर्ति उपदेश र गाली गर्न र तेस्ले यसो गरेन यसले तेसो गर्यो भनेर खैरो खन्न र आरिस गर्न जति माहिर छौ आफु चै माखो नमारी ठुला ठुला अधिकार र कर्तब्य का कुरा दिन त्यो भन्न चौखण्ड माहिर  छौ | 
नकारात्मक टिकाटिपणीका पनि आफ्ना हद हुन्छन अनि स्वोतान्त्रताको प्रयोग गर्ने पनि एउटा जिम्मेवारीपनको कसी हुदो हो,  तर नेपालमा मात्र प्रयोगमा ल्यायियो गैरजिम्मेवारी पन बिधि र बिधान बिनाको लोकतान्त्रिक अभ्यास अनि अन्ध स्वोतान्त्रताको,  अनि कहाँबाट पुगोस मुलुक लोकतन्त्र र बिध्यमान समस्या  समाधानपथको गन्तब्यमा ?
ब्लग , पत्रपत्रिका लेख रचना हेर्न पर्छ सबै भन्दा नकारात्मक उत्तेजना बढाउनेको बढी प्रभाव छ , त्यसपछि गाली गर्ने गाली बिग्य हरुको, चिरिक्क सिन्को नाभाची उपदेश दिने पण्डित हरुको देखि लिएर राम्रो कामको श्रेय आफुले लिने र नराम्रो कामको जति अरुको टाउकोमा थोपरिदिनेको संख्या त  कति हो कतीधतुरोको बिउ रोपेर धान फलाउन खोज्ने हरुको जमातले नै हो यो मुलुक को कन्तबिजोक बनाएको , भो नकुरा गरम यहाँ यस्ताहरुको कुरा गरेर धेरै समय बर्बाद भए धेरै सब्दहरु खर्च भए ... अब हामी लागौ खबरदारी अभियानबाट सकारात्मक खबरदारी र सकारात्मक चेतनाको संचार अभियानमा ... 

यस साताको महेन्द्र सिंह धोनी को नेपाल भ्रमणले २ देश का खेलप्रेमी र जनता बीच को सम्बन्ध मा ल्याएको सुमुधुरपन र ध्वोनी को व्यक्तिगत चासो ले सम्प्रेसन गरेको सकारात्मक संदेशको प्रबाह बाट
बास्तवमा नेपाल र भारत बीचको सम्बन्ध गाली , आरोप र प्रत्यारोप गरेर नेताहरुले आफ्नो सत्ता र स्वार्थ अनुकुल ब्याख्या गर्दिने गरेकाछन् थिचोमिचो , दुर्ब्यबहार भएका होलान तर त्यसलाई पनि आपसी मेलमिलाप र सद्भावले सुल्झाउन तत्परता हामी देखाउदैनौ अनि एकोहोरो गालि, गाली गरेर आफ्नो औकात प्रमाणित गर्छौ अब यस्तो प्रथाको अन्त्य गर्न हामी आफै लागिपरौ सुरुवात आफै बाट गरौ |
गालीगलोज झगडा वैमनस्यता हैन अब सद्भाव र मित्रता बाट मात्र सम्भव छ बिकाश र सफलताको यात्रा ..
नेपाली क्रिकेट को सद्भाव दुतमा भारतीय क्रिकेट का कप्तान महेन्द्रसिंह धोनीलाइ नियुक्ति दिएर एउटा गतिलो सुरुवातको नमुना प्रस्तुत भएको छ ...अब भ्रस्ट नेताहरुको स्वार्थबाट बिग्रिएको छिमिकी देशको सम्बन्ध जनस्तरबाट , खेलकुद , पेसाकर्मी , सामाजिक सद्भाव र सेवाबाट सुरु नगरी दुवै देशलाइ भलो नहुने देखिन्छ .. 



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More