June 4, 2012

कुन मुखले चुनाव, महासयहरु ?९ करोड राज्य कोष र ४ बर्षको अमुल्य समय भ्रस्टाचार गरेको हिसाब किताब जनतालाइ बुझाउनु पर्छ कि पर्दैन ?

आखिर राजनीतिक सहमतिमा नै संबिधान बनाउने थियो र हो भने : 
-सभासदको काम थप्पडी मात्र मार्ने हो, थियो  भने ?
-संबिधान सभालाइ गलत रुपमा अर्थ लगाएर सत्ताको  सिढी र रणनीतिक फाइदा लिनेमात्र उदेस्य थियो भने,
-संबिधान सभाको काम सरकार बनाउनु मात्र थियो ? हो ? भने  
- संबिधान एउटा पार्टीको दस्ताबेज हो ?न कि राष्ट्रको समग्र जाति , जनजाति, राजनीतिक दलको  साझा  मार्गचित्र हो ?  भन्ने सामान्य कुरो पनि बुझ्न नसक्ने अनाडी हौ भने
- सम्बिधान  सोझा जनतालाइ देखाउने ललिपप हो ? संबिधानले जनता को थालथालमा  भात हल्दिन्छ  ? भन्ने भ्रम फेरी बाड्ने हो भने 
- संबिधानसभा नाटक नेपाली जनतालाइ फुटाएर , झगडामा ब्यस्त बनाएर सासन गर्ने गोटी हो ? भने 
फेरी यहि ४ बर्ष सम्मको नाटक दोहोर्याउने राज्य कोष दुरुपयोग गरेर नेपाली जनतालाइ रैती कै रुपमा मुट्ठी भरका असफल नेताको नाटकमा समग्र देश बिकाश प्रक्रिया नै बन्दि बनाउने हो भने  किन चाहियो अब संबिधान सभा ?

हिसाब किताब जनता लाइ बुझाउनु पर्छ कि पर्दैन ?
- ९ करोड राज्य कोष संबिधान सभाको नाटकका नाममा  उडाएको ?
- राज्य लाइ बन्दि बनाएर बिकाश प्रक्रिया अवरुद्द गरि जनतालाइ संबिधानको भात दिने सबै आकाशको तारो झार्ने झुट, आस , त्रास , अनिश्चितता दिएर देशलाइ नै मानसिक रोगि बनाएको जिम्मेवारी र त्यस बापत यिनले पाउनु पर्ने सजायको भागी हुने कि नहुने ?
-बारम्बार गरिएको प्रतिबद्दता अनि राज्य कोषको दुरुपयोग , जिम्मेवारी पुरा नगरी गैरजिम्मेवार बनेर सम्पूर्ण प्रक्रिया फेल गराउनु भ्रस्टाचार हो कि हैन ?
- शान्ति प्रक्रियाका नाममा भएका घोटाला , ठगि र भ्रस्टाचार को हिसाब चुक्ता गर्नु पर्छ कि पर्दैन ?
-  उर्जासिल युवा हरुलाई देश बिकाशमा  लगाउन  छोडेर  राजनीतिक गुन्डागर्दीमा लगाएर , हिम्सा र हत्या गर्न उत्प्रेरित गर्न उक्साएर  देशको बिकाश उल्टो गतिमा हिडायेबापत जिम्मेवार नेता , जिम्मेवार पार्टी भनौदा नौटंकी हरुले सजाय भोग्नु पर्छ कि पर्दैन ?
-मजदुर , किसान , सोझा जनतालाइ महंगी , अराजकता , जातीय  द्वन्द  , कलह उपहार दिएर बिहान बेलुका  हातमुख जोर्ने अवस्था पनि  ध्वस्त  परिदिएर राजनीतिक रणनीति पुरागर्न, सत्ताको रागमा रमाउने  लोभी पापीका झुण्ड हरुले कुन नैतिकताले नेपालको  राजनीतिमा फेरी ठाउँ ओगटेर बसिरहने? 
यिनले बिशेस्गरी मुख्य टाउके नेताहरुले  सार्बजनिक माफी मागेर राजनीतिबाट सन्यास घोसना नगरेसम्म  नेपाली जनताले के अधार मा चुनाव मा भोट हाल्ने ?
संघियता को नाम के राख्ने  जस्ता  केटाकेटी खेलमा सबै जनतालाइ  चुतिया बनाएर सबै कुरा मिलेपछि अन्तिम घडीमा बहुपचिन र बहुपचान युक्त नाम सबैले मान्ने अवस्थामा किन संबिधान सभालाइ  हत्या गरेउ ?      कसले मानेको थिएन बहुपहिचन युक्त प्रदेश केवल को नाम को विवाद मा यत्रो गैर जिम्मेवारीपन ? तिमि  लाचार,  गैरजिम्मेवार हरुको अनाडीपनको  मूल्य देशले चुकाउनु पर्ने ?
सम्पूर्ण  नेपाली जनता अब यसको फैसला गर्न तम्तयार छन्  होस् गर जनमारा, देशद्रोही , असफल नेता हो हेल्मेट र बुलेट प्रुफ सिसामा बसेर भोट मागेर अर्को संबिधान सभा बनायेउ भनेमात्र,  नत्र अब संबिधान सभाले संबिधान बनाउदैन र यो नाटक हुदैन भन्ने प्रमाणित भैसकेको अवस्थामा फेरी तेही नाटक बन्द गर | 

खबरदार होसियार ! 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More