May 7, 2012

मुस्कानले तनाव घटाउन सघाउँछ tip


मुस्कानले अरूलाई तपाईंतर्फ आकषिर्त मात्र गर्दैन यसले तनाव घटाउन समेत सघाउँछ ।
साइकोलजिकल साइन्समा प्रकाशित अध्ययनमा गरिएको दाबी अनुसार, मुस्कानले तपाईंको मुटुको चालको स्तरलाई कम गरेर तनावबाट मुक्ति पाउन शरीरलाई सघाउँछ ।
यो अध्ययन कन्सास विश्वविद्यालयका मनोवैज्ञानिक तारा क्राफ्ट र सराह प्रेसमैनले गरेका हुन् । मुस्कानको फाइदाबारे गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले मुस्कानको तरिका र यसले तनावबाट मुक्ति पाउन कुन प्रकारले सघाउने भन्नेबारे जान्न खोजेका थिए ।

अध्ययनमा मिडवेस्टर्न विश्वविद्यालयका १ सय ६९ व्यक्तिलाई सामेल गरिएको थियो । दुई चरणमा भएको यो अध्ययनमा सहभागीहरूलाई तीन समूहमा बाँडियो । हरेक समूहलाई अनुहारमा एउटा विशेष प्रकारको भाव कायम राख्न सिकाइयो ।
परीक्षणको चरणमा अनुसन्धानकर्ताहरूले उनीहरूसँग तनावपूर्ण काम गराएर मुटुको चाल समेत नापे । यो अध्ययनमा के पाइयो भने, मुस्कानले हाम्रो शारीरिक अवस्थालाई समेत प्रभावित गर्न सक्छ ।
जुन व्यक्तिलाई मुस्कानबिनाको भाव राख्न भनिएको थियो उनीहरूको दाँजोमा मुस्कान भएकाहरूको मुटुको चाल सही स्तरमा थियो । चाल धेरै बढेको थिएन ।
अध्ययन अनुसार, तनावको समयमा समेत यदि तपाइर्ं मुस्कानलाई कायम राख्न सक्नुहुन्छ भने शरीरमा त्यो तनावसँग जुध्ने क्षमता बढ्छ 
source: ekantipur, bhadra2, 069

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More