February 13, 2012

सरकारमा आफै बस्ने आफै देश टुक्र्याउने, टुक्रिने धमास दिने ? हैसियत प्रमाणित गर्दैछन् संघियता, शान्ति र संबिधानका ठेकेदारहरु


 सबै निहुखोजा , बिद्रोही  , क्रान्तिकारी , लोकतान्त्रिक, जनतान्त्रिक , के के तान्त्रिक  जनताका लागि, जनताका हरेक  आवस्यकता  , दुखपिडाको गित गाएर कहिल्यै नथाक्ने अनि तेस्मा रजाइ गरेर आफ्नो दुनो सोजो बनाउने  सधै जनता लाइनै दुख दियिरहने हरुलाई,  लु देओ जनता लाइ सुख! लु  संबिधान बनाओ ! लु  बनाओ देश ! भनेर जनता ले भोटको झापड हानेर   संबिधानसभामा पठाइदिएकै हो | मधेसका ठुला कुरा गर्ने हरुलाई पनि जनताले भोट दिएर पचिक्च्या गरेकै छन् ,सहीरूपमा  जिम्मेवार भएर  जातीय , छेत्रीय , धार्मिक , लैंगिक, सोसित  उत्पिद्तहरुका  मुद्दा उठाउने हरुलाईपनि  सहि मुल्यांकन का साथ संबिधानसभामा पाठाइयेकै छ |

सरकार मा पनि  संघियता र जातीय , छेत्रीय , जातीय , गणतान्त्रिक संबिधान को मुख्य ठेकदार ठान्नेहरुनै छन्   अहिले सम्मको सबै भन्दा ठुलो मन्त्रीमंडल बनाएर मिलिजुली खाएकै छन् |  फेरी पनि आफुले भनेजस्तो  संबिधान  बनाउन दियियेंनभने फेरी यहाँगर्छु, त्यहाँ गर्छु भनेर यी जिम्मेवार महोदय हरुले  धमास दिने गरेका छन् |  कसलाई दिएको हो थाहा  छैन  ? नेपाली जनता लाइ? कि धमास को सैली मा समाजमा त्रास फैलाएर , थर्काएर सधै राजी गर्छु भन्ने सोच हो ?  काइते नेताजी हरुनै जाने 

धमास दिएर जनता लाइ फेरी त्रास फैलाएर  राजनीतिक  खेति लगाउने मन्त्रीपद खाइहाल्ने  हो ?  ठुलो धमास  ठुलो पद  को जो परिपाटी बस्दैगएको छ देश मा |
देश को मुख्य रक्च्यक , अर्थात् नेपाल आमाको रक्च्या र नेपाली जनताको, नेपाली  राष्ट्रियता को रक्च्या गर्ने  निकाय तथा अभिभाबक  हो सरकार  तर   त्यस  सरकारका  मन्त्रिहरु राज्य टुक्र्याउने , देश टुक्र्याउने ,  देश मर्ज अर्थात् बिलय नै हुने गैर जिम्मेवार , देशद्रोही  अभिव्यक्ति सार्बजनिक रुपमा दिदै हिड्ने गरेका छन्  

अब सोच्नुहोस ति जो साचै नै नेपाल को कुभलो र नेपाल र नेपाली प्रति  सत्रुभाव  राख्ने गर्छन तिनले के सोच्ने? यी राज्यको, जनताको   नुन खाएर राज्यलाइ टुक्र्याउने अभिव्यक्ति दिने   भातमारा मन्त्रिलेनै यस्तो  कुरा गरेपछि ?  यिनको हैसियत र नैतिकता  के रहन्छ त्यो गरिमामय पदमा रहने  आफै सोचेर हेरौ न ? यहि हो  जिम्मेवारीबोध ?
फेरी यिनले धमास कसलाई दिएको हो कसले रोक्यो यिनलाई  राम्रो काम गर्न , संबिधान बनाउन ? शंत्रिप्रक्रिया  पुरा गर्न ?  आफ्ना माग , मुद्दा हरु आफै समेट्न नसक्ने , पुरागर्न नसक्ने हो भने किन गर्नु तेस्ता  पांग्दुरे  हरुले ? ब्यबहारिक र जायज मुद्दा त समाधान नहुने के कुरा छ र ?
शान्ति र संबिधानको भ्रमको खेति धेरै  चल्यो  आखिर संबिधान एकपटक बनाएर सदियौ चल्ने लाहाछाप हैन   यो  त निरन्तर अवासकता र अवस्था अनुकुल परवर्तन गर्दै लैजान जीवन्त दस्तावेज न हो अहिलेको आवस्यकता  र अवस्था लाइ समेटेर प्रयोगमा ल्याउने  न हो ?  कुनै दस्ताबेज व्यवहार मा कतिको लायक र  ब्यबहारिक हुने नहुने त कार्यन्वयन गर्दै जादा हुने र तेस्लाई  सुधार  गर्दै जाने   सिलसिलाले जीवन्त बनाउने न हो संबिधान लाइ ? 
 अनि यिनले सधैको लागि सबैकुरा अहिले नै गर्छु भनेर संबिधानसभा को आयु लम्ब्याएर भात्तखाने र भ्रम बाहेक के गर्य हुन् भन्ने बुझ्ने हो ? ससकीय  स्वोरुप  यो राम्रो त्यो नराम्रो  भन्ने सब भ्रम हुन्  हिजो को अवस्था मा पनि संसदीय प्रजातन्त्र भन्ने शक्ति राजा को मा हुने , अनि संसदीय व्यवस्था कसरि भयो असफल ? व्यवस्था हैन यहाँ व्यक्ति असफल भएका हुन्   दोष नेताहरु लाइ मात्र नलगाऔ तिनलाई उक्साउने सबै बुद्दिजीवी , हामी अनाडी जनता सबै हौ  नेपाल को परिपेक्च्या मा  कुनै पनि मोडल को ससकीय   स्वोरुप ब्यबहहरिक   र नियम संगत ढंग ले अभ्यास गरिएकै छैन अनि कसरि भन्ने यो राम्रो त्यो नराम्रो ?             यहाँ नियत को कुरो छ  राजनीति लाई समाज सेवा को चुरो बनाएर जवसम्म राजनीतिकर्मी ले सोच्दैनन् जस्तोसुकै सस्किया स्वोरुप ले पनि देशको मुहार फेर्न सक्दैन |  इछासक्ति  र नियत राम्रा भएका हरुलाई स्वोरुप ले छेक्दैन यो पनि भ्रम नै हो |

भ्रम १.  संबिधान र संघियता को बहस को कुरा संबिधान जस्तो सुकै सुन्दर बनाइए पनि अहिले जस्तै हैसियत नभएका नेता हरु अर्थात् पंचायत , प्रजातन्त्र ( राजा सहित को प्रजतंत्न्त्र ) र गणतन्त्र सम्म एकै व्यक्ति नेता हुने , तेही सरकार चलाउन हुकुम चलाउन अघि बढी रहने विचार सुन्य , च्यामता सुन्य हरुले देश बन्दि बनिरहने  हो भने तेस्तो नाथे संबिधान को अर्थ छैन | तेसैले अब जरुरि छ यी बदनियत अनुहार हरुको सर्बत्र बहिस्कार को |

भ्रम २ . शान्ति मुट्ठी भर नेताहरुले सहमति गरेर लालमोहर लगाउदा , सिबिर मा बसेका जनसेना लाइ नोट दिएर घर पठाउदा बाकी लाई सेनामा मिलाउदा मात्र  मात्र कदापी आउदैन अब को  कलह जातियता र अराजकता को हुनेछ जुन कुरा बिगत वर्ष हरुमा सस्तो लोकप्रियता को लागि नारा को रुप मा राजनीतिक दल हरुले दिए  
नेपालीजनता लाइ दियियेका  यी सबै भ्रम भंग जति चाडो हुनेछ तेतिनै चाडो यी गद्दार नेता को बिदाई र सच्चा नेता को आगमन र  देश को मुहार फेरिन सुरुहुने छ 
अबका नेपाली युवा, नेपाली जनता लाइ बिगत १० बर्ष अघि का अनाडी र जे पनि  पत्याएर पछि लाग्ने सोचेर एकचोटी परिक्च्या को लागि दिएको जनमत लाइ सधैभरी को लागि स्थापित भइयो ,  सधै राज गर्न पाइन्छ भनेर कसैले सोचेको  हो भने अब धेरै अघि जानु पर्दैन राजा ज्ञानेन्द्र , देखि संबिधान सभा मा चित खाएका ठुला टाउके भनौदा नेताहरुको हविगत मात्र हेरे छर्लंग हुन्छ र त्यो नेपाली समाज परिवर्तन र रुपान्तरण को सुरुवात थियो अब तिब्र रुपान्तरणले कसलाई  बढारेर  कहाँ पुर्याउने हो र कसलाई खोजेर  स्थापित गर्ने हो हेर्न  धेरै समय पर्खिनु पर्दैन अब नेपाली जनता कुनै दलको झन्डा , नेता को पिछलग्गु र कसैका रैती भएर  सोच्ने र काम गर्ने छैनन् |
संबिधान निर्मंप्रक्रिया र राज्य को रुपान्तरण को जस्तो महान मुद्दा लाइ फोहोरी खेल मा डुबाएर गरिएको अपमान र यसलाई दियिएको नाटकीय रुप को पर्दाफास अबको ३ महिना को समय ले गर्ने  छ |  तर  यी  पण्डित हरु संबिधान र शान्ति को रुप लाइ साकार दिन हैन यो  सिमित अमुल्य समय भित्र टुप्पी कसेर म्याद कसरि बढाउने  भन्ने तिर सोच गएको समय हुन्जेल झगडा गर्ने अनि बितेपछि म्याद थप्न को लागि गरिने नाटकीय सहमति ले नै बुझ्न सकिन्छ |
शान्ति र संबिधानका ठेकेदार हरु चेतना  भया नेपाली जनता को अन्तिम खबरदारी को घन्टी बज्न सुरु भएको छ बिस्फोट हुन ३ महिना बाकि छ |

1 प्रतिक्रिया हरु:

खबरदार गद्दार हरु जनता लाइ धमास दिने हैन कम गर अब बाकि तिन महिना तिम्रो आयु

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More