November 14, 2011

नियमित सेक्स गर्नुहोस स्वास्थ्य रहनुहोस


शोधकर्ताहरुले नियमित सुरक्षित सम्भोगले मानिसलाई स्वस्थ बनाउने तथ्य पत्ता लगाएका छन् । 
अमेरिकाको कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक तथा यौनरोग विज्ञ डाक्टर हिल्डा हट्चरसनका अनुसार सम्भोगले केबल मानिसलाई एकअर्कामा भावनात्मक रुपमा नजिक पूराउन सहयोग मात्र गर्दैन यसले मानिसलाई शारीरिक रुपमा पनि तन्दुरुस्त बनाउँछ ।
वेष्ट अफ स्कटल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले पनि दुइ हप्तामा कम्तिमा १ पटक सेक्स गर्ने मानिसले आफ्नो तनाव व्यवस्थापन गर्न सक्ने देखाएको थियो । नियमित र आरामदायी सम्भोगले मानिसमा आत्मविश्वास वृद्धि गर्ने पनि अध्ययनकर्ताहरुको भनाइ छ ।

सम्भोगका बेला इन्डोफिर्न र अक्जिटोसिन नामका दुइ हर्मोन निस्कने र यी हर्मोनले मस्तिष्कको खुसी संचार गर्ने केन्द्रमा प्रभाव पार्ने बताइएको छ । 
त्यसले मानिसमा आत्मियता तथा तनावमुक्तिको आभास दिलाउने तथा डिप्रेसनबाट पनि मुक्त गराउने शोधकर्ताहरु बताउँछन् । 
सेक्सको लाभ प्राप्त गर्न सधैभरी चरमोत्कर्षमा पुग्नु आवश्यक नहुने भन्दै शोधकर्ताहरुले तर चरमोत्कर्षमा पुगिएका बेला निस्कने थप परिमाणको हर्मोनले बढि फाइदा गर्ने बताउँछन् । 
नियमित सम्भोग गर्ने मानिसमा अनिद्राको समस्या पनि हट्ने र सरीरको दुखाइ समेत कम गर्ने अध्ययनले देखाएको छ । अमेरिकाको दक्षिणी इलिनोइनस विश्वविद्यालयमा गरिएको अध्ययनले त नियमित सम्भोगले महिलाहरुमा आधा टाउको दुख्ने माइग्रेनको समस्या समेत कम भएको देखाएको थियो ।स्रोत:अनलाइन खबर

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More