November 29, 2011

देशभर ५२ लाख निरक्षर:एनजीओ , आएनजीओ ब्यपारीलाइ नया अवसर

अनौपचारिक शिक्षा केन्द्र सानोठिमी को रिपोर्टले देशभर हाल १५ वर्षभन्दा माथि उमेर समूहका पुरुष १७ लाख ३८ हजार ६४३ र महिला ३४ लाख ३५ हजार ३३६ निरक्षर ,जम्मा ५२ लाख निरक्च्यर बताएको छ  | सैक्चिक क्षेत्र मा यति धेरै एनजीओ , आइएंजीओ र सरकारी क्षेत्र को लगानी हुदाहुदै कस्तो बिडम्बना ?

नेपाल मा गरिब , दुखि , युद्द पिडित , सिक्च्या शान्ति का नाम मा ठुलो व्यापार चलेको छ यो क्षेत्र को भ्रस्टाचार लाइ मात्र निर्मुल हुने हो भने धेरै बिकाश आफै अघि बढ्छन | पढेलेखेको जमात लाइ जागिर खान र आफ्नो स्वार्थ लुट्न बाहेक बाकी काम सरकार को हो भन्ने मानसिकता रहेको छ तर समाज परिबर्तन को मुख्य बाहक नै त्यो जमात हो जसले बाटो नदेखेका लाइ बाटो देखाउने र तिनको आवाज लाइ बुलन्द गर्ने काम गर्छ भन्ने कुरो महसुस गर्ने फुर्सद छैन हुनेहरु नगन्य छन् अझै बृद्दी होस् यो संख्या मा जय नेपाल..

बिडम्बना राजनीति को फोरोहोरी डुंगुर ले सामाजिक परिवेश नै एस्तो निर्माण गरिएको छ रोटि को लागि आफै लड्नु पर्ने स्थिति मा समाज कल्याण के सोच्ने ?

 नेताहरु त नेपलाआ यस्तै जनता खोज्दा हुन् जे भने नि मान्दिने, सुन्दिने लुट्न, ठग्न सजिलो हुने .....तेसैले त अर्थतन्त्र , सिक्च्या , स्वास्थ्य , पानि , बिजुली भौतिक पुर्बधर बिकाश मा हैन कुर्सि अनि संबिधान र शान्ति को नाटक मा देश बन्दि बनाई रा छन् |

 धेरै पढ्ने , जान्ने का कुरा अर्कै भए निरक्च्यर को नाम मा पनि मागी खाने भाडो खुलेको छ एनजीओ , आइन्जो व्यापार गर्ने हरुलाई |
धेरै भए यो मुलुक मा राजनीति, समाजसेवा , कल्याण , देश बिकाश का  नाम मा लुटतन्त्र  हामि भने आफुले सक्ने ठाउँ बाट योगदान गर्दै जाऊ अनि गर्दै जाउँ  खबरदारी ....

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More