October 17, 2011

बिश्वोब्यपी कब्जा अभियान , हामी पनि लाग्ने कि काठमाडौँ कब्जा अभियान मा ? Why not occupy Kathmandu?

पुंजीबाद बिरुद्ध अमेरिका मा गत सेप्टेम्बर मा सुरु भएको अकुपाई वाल स्ट्रिट अर्थात् वाल स्ट्रिट कब्जा गरौ अभियान क्रमसः बिस्व्हो ब्यापी हुदै गएको संचार मध्यम हरु बताई रहेका छन् | संसार का प्रमुख वित्तीय संस्था र अमेरिकी स्टक एक्सचेन्ज को कार्यालय हरु न्युयोर्क स्थित वाल स्ट्रिट मा रहेका छन् तसर्थ बिश्वो बजार मा सेयर कारोबार, मुद्रा हरुको उतार चढाव देखि बिश्वो मौद्रिक नीति सम्म मा प्रताक्च्य , अप्रताक्च्या प्रभाव पार्दछन | त्यसैले होला वाल स्ट्रीट (पर्खाल गल्लि) त नेव्योर्क पुलिश को सुरक्च्या घेरामा रहेको ले नजिकै को जुकोटी पार्क अर्थात् लिब्रेटी प्लाजा पार्क मा भेला भएर यसका अभियन्ता हरु बडो अनौठो किसिम ले प्रदर्सन गरिरहेका छन् |
             OccupyWallStreet










 यस अभियान को बिसेस्ता रोमान्चक छ यस अभियान मा कुनै बिसेस नेता छैन र कसैले नेत्रित्वो गर्दैन , यस अभियान मा प्रहरी ले माइक्रो फोन प्रयोग गर्न दिएको छैन तेसैले मानव माइक्रोफोन प्रयोग गरिन्छ यानीकि एकजाना ले भने को कुरा अर्को गर्दै संदेश सम्प्रेसन गर्ने | यस अभियान को सुरुवात गरेको थियो क्यानेडेली उपभोक्ताबाद बिरुद्द को बिज्ञापन नराखी छापिने पत्रिका एड्बस्टर को समूह ले ठुला ब्यापारिक संस्था , पुजीपति ले अमेरिकी प्रजातन्त्र , नीति निर्माण मा पारेको नकारात्मक प्रभाव , बिश्वो आर्थिक मन्दी नियन्त्रण गर्न असफलता , गरिब र मानवता को पक्च्य मा खर्च गर्नु पर्ने बन्दुक र बारुद मा गरिएको विभिन्न कदम को बिरोध मा सुरुवात गरिएको थियो |
तेस्तै गरेर अमेरिका को वित्तीय नीति , प्रजातन्त्र , चुनाव हरुमा १ प्रतिसत धनाड्य पुजीपति ले पारेको प्रभाव ,खटन ९९ प्रतिसत ले मान्नु पर्ने अवस्था एक ओर राज्य व्यवस्था पनि तिनकै इसारा मा चलेको बरिबेश लाइ दोस दिदै यो अभियन्ता हरु भेला भएका छन् | हाल यो अभियान अमेरिका को विभिन्न राज्य हरु हुदै , लन्डन को वित्तीय केन्द्र नजिकक को सेन्टपल क्यथेडरल , क्यानाडा लगायत बिश्वो ब्यापी रुप मा यस अभियान फैलदै गरेको समाचार आउनेक्रममा देखिन्छ |
 यस अभियान को सुरुवात र हाल यसले पाएको ब्यापकता हेर्दा पुजिबाद को बिरुद्द र पुजिवाद लाइ परिमार्जन गर्नु पर्ने अभियान मा लागेका हरु प्राय देखिन्चन | हाल को बिश्वो भूमण्डलीकरण व्यवस्था मा पुजिवाद ले मनविय समबेदना , सामाजिक कल्याण का काम हरुलाई पनि पैसा , पुजी संग मोल तोल गरेर , पुजी र पैसा को तागत मा प्रजातन्त्र , मानवाधिकार लगायत का संबेदनसिल बिसय मा पनि सर्वसाधारण हरु को पहुच ज्यादै कम हुदै गएको कुरा हवार्ड बिश्वोबिध्यालय का प्राध्यापक माइकल पोर्टर बताउछन |
 यस्तै प्रदर्सन कारिहरुले अन्तरास्ट्रिय प्रजातन्त्र मानव अधिकार मा स्थानीय जनता हरुको अधिकार लाइ भन्दा आफ्नो स्वार्थ लाइ ध्यान दिने अन्तरास्ट्रिय गद्दाफी हरु , ग्लोबल तानासाह , ग्लोबल पुजीबादी मतियार हरुले आर्थिक पकड जमाएर स्थानीय स्रोत र साधन मा स्थानीय जनता को पहुच , लाइ नियन्त्रण गरिदिएको जस्ता विभिन्न नारा ,आरोप हरु लगाउदै आएका छन्| यो अभियान ले बिसेष गरि पुजीबाद को दलदल मा फसेर कहिल्यै उक्सिन नसकेका दक्चिन एसिया , अफ्रीका का गरिब देश हरु लाइ नया आयाम प्रदान गर्ने देखिन्छ , त्यस्तै अन्धो पुजी बाद लाइ पुनार्बरिभासित गर्न र दुनिया मा बढिरहेको पैसा र पुजी को पहुच ले मानवता र सामाजिक कल्याण लाइ सम्म ब्यपकरण गर्ने परिपाटी अन्त्य गर्न भूमिका खेल्ने छ |
हामी पनि लाग्ने कि देशमा बिध्यमान असमानता, गैरकानुनी राज , ठुला लाइ चैन साना लाइ ऐन , असमानता बिरुद्द लडाई र समानता को कानुन, सासन स्थापना गर्न , बिधि को सासन , समाबेसी लोकतन्त्र का खातिर अकुपाई काठमाडौँ अभियान मा ???  अर्थात् काठमाडौँ कब्जा गरौ ,काठमाडौँ  मा रहेको अन्य व्यक्ति को सम्पति हैन त्यहाँ रहेको नीतिनिर्माण गर्ने स्थान हरु सिंहदरबार, बालुवाटार लगायत स्थान हरु  विचार , अधिकार प्रत्यायोजन , नीति निर्माण मा हाम्रो पनि अधिकार, प्रताक्च्य सहभागिता को प्रत्याभूति गर्न ..

Some picture of the occupy movement around the world.

Washington Square Park, NYC

Times Square, NYC

Bronx, NYC

Madrid

Hong Kong

London

Rome

Berlin

Tel Aviv

Amsterdam

Los Angeles


London

Source : Occupywallst.org
if you want to know about occupy wallstreet movement go to the link below : 
Global occupy movement website :


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More