October 21, 2011

गरिबी घट्यो तर राजनीतिक किचलोले घट्नुपर्ने रफ्तार आधा घटायो

२०६०/६१ मा ३०.८५ जनता गरिब रहेकामा ५ प्रतिसत घटेर अहिले २५.१६ मा झरेछ तर कारण नेपाली दाजुभाई हरुको गरिखाने र पौरख गर्ने जोश र जागर ले भएको हो | देश त राजनीतिले तहसनहस गरे , गरिखाने बाताबरण भताभुंग बनाए परदेश बाट भएपनि कमाएर आफ्नो परिवार को हात मुख जोर्न लागि परेका ति नेपाली हरुलाई धन्यबाद
 गरिबी घटेको मा अहिले सम्म का सरकार र राजनीतिक दलको भूमिका केहि पनि देखिदैन बरु गरिबी जुन रफ्तार मा घट्नु पर्ने हो त्यो रफ्तार मा घटना नदिनु मा यी नेता , अनि संक्रमण काल मा देश लाइ राखेर जनताको गरिखाने बाताबरण भताभुङ्ग पार्ने राजनीतिक दल र नेता हुन् 
 नेपाली परिवार हरुको प्रमुख आम्दानी रेमिटान्स भनेको राजनीतिक दल हरुलाई एउटा गतिलो व्यंग्य र तिनको नालायकीपनले देश मा गरिखाने बाताबरण पटक्कै छैन भन्ने कुराको पुस्टि गरेकोछ 
 रेमिटान्स प्रमुख आयस्रोत भएको परिवार को संख्या ३१.९ वाट बढेर ५५.८ पुगेको रहेछ अनि गरिबि घट्यो भनेर नाक फुलाउनु भन्दा बैदेसिक निर्भरता बढ्यो राजनीतिक दलहरुको बिश्वोंसनियता घट्यो भन्नु उचित होला कि ? 

पछिल्लो सर्वेक्षणले सहरमा १५.४६ र गाउँमा २७.४३ प्रतिशत गरिब रहेको पनि देखाएको छ। ग्रामीण क्षेत्रमा गरिबी क्रमश घटेको छ। सहरमा गरिब बढेका छन्। 
महिला ले चलाएको घर मा तुलनात्मक रुपमा गरिबी घटेको तथ्यांक ले देखाएको छ महिला हरुलाई अवसर को खाचो छ नेपालमा अब राष्ट्र चलाउने जिम्मा तिनलाई सुम्पिदिए हुन्छ आखिर पुरुस प्रधान राजनीतिक नेत्रित्वो ले 
केहि लछारपाटो लगाएनन तर यहाँ गरिबी घटाइयो भनेर बाबुराम सरकार ले वा अन्य सरकार हाक्ने राजनीति ब्यबसाई अर्थात्  ठेकेदार   सरकार को प्रमुख उपलब्धि भनेर भन्दियो भने त्यो भन्दा लिच्चडपन के होला र ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More