October 3, 2011

नीमको दतिवन गरौं

नीमको दतिवन गरौं
नीमले दाँत माझ्ने परम्परा प्राचीन हो । यस्ता परम्पराहरूमा वैज्ञानिकता हुन्छ ।

हाम्रा ऋषिमुनिहरूले कटु द्रव्ययुक्त वस्तुले दतिवन गर्दा राम्रो हुन्छ र त्यसमा नीम सर्वोत्तम रहेको बताएका छन् । नीमको दतिवनबाट दाँतमा कीरा मर्छन् ।
दतिवन गर्दा नीमको रस हाम्रो पेटमा पनि पुग्छ र त्यसले अरू बिमारी समेत निको हुन्छ ।
हामीले दिनहुँ एउटै ब्रसले दाँत माझ्दा त्यसमा ब्याक्टेरिया र भाइरस जम्मा हुन्छन्, जसबाट धेरै रोग लाग्ने सम्भावना हुन्छ ।
ब्याक्टेरिया र भाइरसले रोग ननिम्त्याऊन् भन्न ब्रसलाई दिनहुँ तातोपानीले धुनु अत्यावश्यक छ ।
तर दतिवन गर्दा हामी हरेक दिन स्वच्छ दतिवन प्रयोग गछौर्ं । त्यसैले रोग लाग्न पाउँदैन । नीमको दतिवनले गिजाको स्याहार गर्छ । पेटलाई पनि लाभ पुर्‍याउँछ ।


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More