September 16, 2011

यो मुलुक मा जान्ने गर्दैन, सक्ने अगाडी आउदैन, सुन्ने भन्दैन , भोग्ने बोल्दैन बाकी सबै हल्लै हल्ला

राम राम नेपाली दाजु भाइ लाइ नि मान्नु पर्छ, मलेसिया मा ३३ हजार रैचन इलिगल काम गरिबसेका अरु देसा कति होलान त्यो इराक , अब्गनिस्तान मा त झन् हिसाब किताब नै छैन ... जे होस् मलेसिया मा चै ३३ हजार ले लिगल हुने चानस पाएचन है !
बजियाको गर्ने नि के पो र सहारा भनेको कहिँ छैन? खान , लाउन , गरिखान्चु भन्दा गाउघर मा ऋण पत्याउदैनन विदेश जान्छु भिसालागो भन्नु पर्छ सब पोइसो दिन तयार हुन्छन अनि जता सुकै जस्तोसुकै  होस् बरु ज्यान माया मारेर हुत्तियो विदेश   
राज्य को  कुरै नगरम मन्त्रि को ७ पुस्ते मा परेन भने, तिनका पार्टी को झन्डा भन्नु कि कात्रो बोकेको छैन भने चानस छैन है ! हरेक म्यान पाअवोर को भिसा मा सरकारी कोटा छुट्याएको हुन्छ तर ति कोटा मा को जान्चन कहाँ जान्चन कसरि जन्चन कसैलाई थाहा छैन ?  त्यो  विदेश जान लाग्य कामदार सग लियिने सुल्क किन लिएको हो? जो सग सुल्क लिएको हो तेस्लाई के छ त सुबिधा ? ति  मर्दा लास ल्याउन रकम उठाउनु पर्ने बाध्यता कहाँ बाट आउछ ?
कोरिया , जापान तिर बाट आएका कोटा हरु तेस्तै गरिब , सोजो को त चानस पटक्कै छैन जुन्पार्टी को मन्त्रि छ तेस्का कार्यकर्ता झोला बोकेर रकम असुल्दै हिडया हुन्चन सक्दो रकम असुल गर्यो अनि मैले गर्दा तैले चानस पाइस भनेर फेरी धक्कु लगायो क्या फेसन आको छ नेपाल मा तेस्तै विभिन्न देश का बिश्वोबिध्यालय ,संघ सस्था र सरकार ले सरकार लाइ स्कलर शिप दिएको हुन्छ बिद्यार्थी पथाउना तर स्कलर शिप मा कोहि सर्बसाधारण जनता को छोरो पढ्न विदेश गए को रेकर्ड थाहा छ तपाईलाई ?
 नगन्य , यी भातमारा नेताहरुको छोराछोरी नै जान्चन तेस्तो मा अरुले सुइँको पनि पाउदैन सुइँको नि कसरि पाउनु केहि कुरा परदारसी नै छैन , सेटिंग मिलायो झ्वाम

लौ अब यस्ता कुरा बाहिर ल्याउने काम इमान्दार पत्रकार , अनि अलि जान्ने बुझ्ने हरु र सबै नेपालीको भलो चाहने हरुको हो | तर बिडम्बना यो मुलुक मा जान्ने गर्दैन, सक्ने अगाडी आउदैन, सुन्ने भन्दैन , भोग्ने बोल्दैन बाकी सबै हल्लै हल्ला , हुल्ल्डबाज.. भूपी शेरचन ले भने को जस्तो हल्लै हल्ला को देश |

लौ हेरम न नागरिक समाज , बुद्दीजीवि को भूमिका अहिले को अवस्था मा  मुर्दा जस्तो सुस्ताएर बस्ने अनि सबैकाम  नेता हरुलाई छोडे पछि  हुदैन त बादर को हात मा नरिवल ? तिनको भूमिका  डलर चुस्ने ,आफ्नो  स्वार्थ सिद्ध गर्ने मात्र हो त ?  समाज मा सबै दृस्टी बिहिन र बोल्न नसक्ने भैदिए लाटोको देश मा केजाती तन्देरी   हुन  पाइन्छ भन्या झैँ गर्छन यिनले ....क्या बुद्दी जीवि र सचेत नागरिक पाएको छ हाम्रो मुलुक ले ?... भो नकुरागरम लागौं   हाम्रो गन्थन तिर ...
यस्ता अनियमितता नियन्त्रण गर्ने प्रथम दाइत्वो  त सम्बन्धित सरकारी निकाएको नै हो,  नियन्त्रण भै रहेको पटक्कै पाईदैन  तेस्को मतलब हो भ्रस्टाचार को अखडा बनेका छन् यी स्थान हरु |   म्यान प्यावर , पररास्ट्र का दले हरुले तेसै काठमाडौँ मा महल ठडयाउचन त ? कुरो जति कोट्यायो तेती दर्दनाक छ .. यस्ता कुरा नियन्त्रण गर्न पहिलो हात हाम्रो नै हो, लौ अब यस्ता को खोजि खोजि निन्दा , भर्त्सना , उजुरी गरौ | परिश्रम गर्ने एउटा धनि हुने अर्को तेस्तो पनि हुन्छ त हाम्रो नया नेपाल मा ? 

अब हुन दिनु हुन्न यी परजीवी हरुलाई परिश्रम के हो सिकाउनु पर्छ घर का तला गनेर , तेस्ले चढ्ने गाडी को ब्रान्ड हेरेर वहा वहा गर्ने मुर्खता हैन थुइक्क भन्न पर्छ अब किन कि परिश्रम गरेर कमाएको झोपडी अनमोल हुन्छ र ठगेर , लुटेर बनाएको सान महल मुर्दा घर, चिहान सरह हुन्छ भन्ने कुरा नेपाली समाज ले बुझ्दै गएको छ |


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More