June 7, 2011

हत्तपत्त औषधि नखाऔं


हामीले रोगी नहुने प्रयत्न गर्नुपर्छ । कथंकदाचित् बिमारी भइहाले पनि त्यसलाई सुरुमा प्राकृतिक रूपले नै निको पार्ने कोसिस गर्नुपर्छ । एक छिन टाउको दुख्दैमा, रूघा वा खोकी लाग्दैमा तुरुन्त एलोप्याथिक औषधि खान हतार गर्नु हुन्न । 

यस्ता रोगले लामो समय दुःख दिँदैनन् । तर यिनलाई निको पार्न सेवन गरिने औषधिले भोलिका दिनमा क्यान्सर लाग्न सक्छ, कलेजो क्षतिग्रस्त हुन सक्छ वा त्यसमा सिरोसिस हुन सक्छ, मृगौला काम गर्न छोड्न सक्छ । 
त्यसैले केही सामान्य रोग, भाइरल वा ब्याक्टेरियल इन्फेक्सनलाई एउटा सीमासम्म सहन गर्ने बानी बसाल्नुपर्छ । त्यस्ता झिनामसिना रोगले शरीरको विषाक्तता/टक्सिन निकाल्छन् । त्यस्ता पदार्थ निस्कँदा हाम्रो शरीरभित्रको प्रणाली चंगा हुन्छ । जीवाणु संक्रमणका १२/१३ सय प्रजाति हुन्छन् । सबैको औषधि बनेको छैन, बन्न सक्दैन पनि । औषधि खाए चार/पाँच दिनमा निको हुन्छ,  नखाए पनि चार दिनमा निको हुन्छ । अनि औषधि किन खाने ? यस्ता साना बिमारी लाग्दा पर्याप्त तातो पानी खाऔं, खानामा परहेज गरौं, घरमै आराम गर्ने गरौं ।
दिनहुँ बीस मिनेट योग गरौं प्राणायाम वा योगासन गर्न समय नभएकाहरूलाई शौच गर्न आधा घन्टा वा बीस मिनेट लाग्छ । तर दिनहुँ बीस मिनेट प्राणायाम गर्ने व्यक्तिलाई शौच गर्न दुई/तीन मिनेट मात्रै लाग्छ । यसैले नियमित रूपमा प्राणायाम वा योगासन गरेर हामीले समयको वचत गर्न सक्छौं । 
त्यस्तै, कुनै निर्णय लिन तपाईंलाई घन्टौं लागिरहेको हुन सक्छ । वा, त्यति समयमा पनि निर्णय लिन नसकिरहनुभएको हुन सक्छ । तर नियमित रूपमा प्राणायाम वा आसन गर्दा चाँडो टुंगोमा पुग्ने क्षमता विकास हुन्छ । यसबाट पनि समयको बचत हुन्छ । प्राणयाम वा आसन गर्न केही समय लाग्छ, त्यसलाई समयको दुरुपयोग सोच्नु हुन्न । यो जीवनभरिका लागि उपयोगी हुन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More