This poem is written by one of the most popular poet of nepal Bhupi Sherchan. The title of the poem ghumne mech mathi andho manche is also the title of the book where there are most selected poems of Sherchan.
घुम्ने मेचमाथि अन्धो मान्छे - कविता - भू पी शेरचन
दिनभिर
सुकेको बाँसझंै
आफ्नो खोक्रोपनमािथ
उँघेर
पछुताएर
दिनभिर
रोगी मलेवाझैंै
आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर
घाउहरु कोटुएर;
दिनभिर
सल्लाघारीझंै एकलासमा
अव्यक्त वेदनाले सुँक्क-सुँक्क रोएर;
दिनभिर
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर
एउटा सानो छाताले आफुलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक-असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर
टुकि्रएर
अखबार चिया र पानको पसल बन्छ
किसिम-किसिमका पोशाकमा
ओहोर-दोहोर गर्छन् थरीथरीका हल्लाहरु
फुल पारेको कुखुराझै कराउँदै
िहंड्छन् अखबारहरु
र ठाउँ-ठाउँमा अन्धाकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तसे्रर
अनि असंख्य मौरीको भुन्भुन् र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैं
र नपाएर बिस्मृतिको ुलेथेु नदी
रक्सीको गिलासमा हाम्फाल्छु
र बिस्रन्छु आफ्नो पुर्व कथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधै
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ सधै रक्सीको रित्तॊ गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी -पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि
दृश्यहरुदेखि
रमाइलोदेखि
प्रदर्शनीको घुम्ने मेचमािथ
करले बसेकेा अन्धो जस्तै ।
घुम्ने मेचमाथि अन्धो मान्छे - कविता - भू पी शेरचन
दिनभिर
सुकेको बाँसझंै
आफ्नो खोक्रोपनमािथ
उँघेर
पछुताएर
दिनभिर
रोगी मलेवाझैंै
आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर
घाउहरु कोटुएर;
दिनभिर
सल्लाघारीझंै एकलासमा
अव्यक्त वेदनाले सुँक्क-सुँक्क रोएर;
दिनभिर
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर
एउटा सानो छाताले आफुलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक-असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर
टुकि्रएर
अखबार चिया र पानको पसल बन्छ
किसिम-किसिमका पोशाकमा
ओहोर-दोहोर गर्छन् थरीथरीका हल्लाहरु
फुल पारेको कुखुराझै कराउँदै
िहंड्छन् अखबारहरु
र ठाउँ-ठाउँमा अन्धाकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तसे्रर
अनि असंख्य मौरीको भुन्भुन् र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैं
र नपाएर बिस्मृतिको ुलेथेु नदी
रक्सीको गिलासमा हाम्फाल्छु
र बिस्रन्छु आफ्नो पुर्व कथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधै
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ सधै रक्सीको रित्तॊ गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी -पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि
दृश्यहरुदेखि
रमाइलोदेखि
प्रदर्शनीको घुम्ने मेचमािथ
करले बसेकेा अन्धो जस्तै ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.