जसो गरे नि जनता लाई नै दुक्ख दिने खेल हुन्छ सरकार त गठन भो फेरी गठबन्दन मा नै बिबाद कस्तो उदासिनता हो यो यी दलहरुको ? देश को कायापल्ट गर्छु भन्दै ठुला कुरा गर्ने हतार मा अस्पस्ट सहमति गर्ने फेरी, अनि लोकलाई उदासिन बनाउने ? गल्ति आफै गर्दै जाने दोष को भागी जहिले पनि नेपाली जनता हुनु पर्ने ?
सान्ति प्रक्रिया र संबिधान निर्माण को कार्य लाई ओझेलमा पारेर सबै को ध्यान इन्गेज गर्दै खै के जाती बिद्रोह को रणनीति हो कि के हो ? अब देश को यस्तो कन्तबिजोक हालत मा कुनै पनि काइते रणनीति को काम छैन भन्ने कुरा बुज्न जरुरि छ टाउके दल का टाउके नेता हरुले |
प्रतिपछ्य मा बस्छु भन्ने हरुपनि अब आफ्नो शक्ति सत्तो सराप गर्न र अनुदार सामन्ती खेमा को पक्च्य पोसन गर्नु र राजनीतिक ध्रुविकरण तिर जानु भन्दा जनता का भावना बुज्न गाउ नगर पस्दै समय अनुकुल आफुलाई परिमार्जन गर्दै जिम्मेबार भएर संबिधान निर्माण र शान्ति प्रक्रिया का बिसयाहरु लाई जोडदार रुप मा उठाउनु पर्ने बेला आएको छ समयले नेपाल का वर्तमान राजनीतिक नेत्रित्वो को अन्तिम परिछा गरिरहे को छ , चेतना भया !
दल हरु आफु आफु मिल्न नसक्ने अनि बिदेसी लाई आरोप लगाउने पनि अर्को पाखण्डपन हो २१औ सताब्दी को बिश्वोसामु सन्तुलित कुटनीतिक व्यवहार र राष्ट्रिय एकताले मात्र बिजय हासिल गर्न सकिन्छ तेसका लागि भाई भाई मा लडाई झगडा, अविस्वास हैन सद्भाव , सहकार्य र एकता ले नै सम्भव छ भन्ने कुरा दुनिया का विकासोन्मुख देश लाई हेरेर पनि नेताजिउ हरु ले बुज्नु पर्ने हो |
जनता को आक्रोस र बितृष्णा लाई आफ्नो अनुकुल को अवस्था यदि कसैले ठाने को हो भने भ्रम मात्र हुनेछ र तेस्को फाइदा कुनै नया तानासाह ले लिने छ भन्ने कुरा ख्याल गरे हुन्छ !
अब जनता बरु यस्तो जाल झेल, अराजकता र असुरक्च्या भन्दा यी नेता लाइ तहलगाउने बहादुर लाई समर्थन गर्ने मनस्थिति मा पुग्न बेर छैन |देवी प्रसाद को झाप्पड ले बन्दुक को रुप लियो भने पनि जनताले समर्थन दिने अवस्था सिर्जना नहोस !
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.