दिन दाहडै भएको जमिम शाहाको हत्याले नेपालमा जन धनको सुरक्षा नभएको पुस्टी गरेको छ। हुनत फटाइ गर्ने लाइ रोक्न कठीन नै हुन्छ तर प्रशासन लाइ दोस लगाएर सबै चोखो हुनु चै गैर जिम्मेवारीपन हो । नेपालमा राजनीतीक अस्थरताले अर्थ व्यस्था र सामाजीक अस्तव्यस्तता निम्तयाको कुरा प्रश्टछ । साना तिना घर झगडामा पनि बन्दुक पड्काउने चलन बढेर गएको छ । हतियारको निर्वाध आयात अनि प्रयोगमा माओवादी पार्टी वाट सुरु भएर अहिले विभिन्न जातिय तथा क्षेत्रीय नाममा खोलीएका पार्टी अनी तिनका सेनाको होडबाजी मुख्य कारक तत्व हो । अब त कतिपय घटनामा बर्दी लगाएर पार्टीको कार्यकर्ता बर्दी खोलेर लुटेरा अपहरणकारी बनेको पनी पुस्टी भइसकेको छ । यो सब को मुल जड नै यि पुरातन सोच बोकी राजनिती गर्ने नेता विशेस गरी वर्तमान नेतृत्व हेा कुनै पार्टी विशेस मात्र चोखो हुन खोजेर धर पाँउदैन राम्रो कामको जस लिन खोज्नेले बिग्रीएको कामको पनि दोश पनि लिनु पर्दछ ।
खबरदार बदमास नेताहरु…।धेरै दिनछैन संविधान सभाको मिती समाप्त हुन ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.