October 21, 2015

चिट्ठामा अंगिकृत पाउनेहरुले मधेशमा अस्तव्यस्त पारेर बसिखाने बाताबरण बिगारे -रमेशप्रसाद शाह


मधेसीहरु आदिम-काल देखिका नेपाली हुन् र कतिपय जाएज मागहरुमा मेरो पनि समर्थन छ ! तर हामीहरुका मुद्धा यस्ता हुन् कि , मधेशका " कमैया "दनुवार" "माझि" "डोम" आदि लागएतका आद्धिबासी र पिछडा वर्गका हितका होउन !! 

"तिनै" "झा, "यादव" र "महतोको" जमिन्दारी जारि राख्ने र अंगिकृत नागरिकता बोकेकालाइ मुख्यमन्त्रि बनाउने माग नहोस ! 

बाहिर देशको आएर मधेशको मुख्यमन्त्रि वा देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष बन्यो भने म र तपाईहरु जस्ता सक्छम मधेश लगायत पूरै देशको लाखौ लाख युवाहरुको बेइजजत हुनेछ जस्तो मलाई लाग्छ | मधेश र देश दुबैको नेतृत्व मधेश, थारु र जनजातिको सक्छम छोरोलाई गर्न पाउनुपर्छ तर बिदेश बाट आएकालाई गर्न दिनु हुन्न | तेहि भएर बिहारबाट छिरेका, जाल-झेल गरेर अंगिकृत नागारिता हात पारेका मानिसहरुको पछि नलागौ ! 


मधेशी, पहाड़ी र हिमाली हैन, एउटा सच्चा नेपाली हुन जरुरी छ अरु देशको बिरोध गरेर समय खेर फाल्नु भन्दा आफ्नै देशलाई आत्मनिर्भर बनाउन तीर लाग्यौ भने बेश हुन्छ | अरु देशको समस्या माथि औला उठाउनु भन्दा आफ्नै समाज र देशको समस्यालाई सच्चाउनु बुद्धिमानी हुन्छ | अहिलेको समयमा नेपाली दाजुभाइ दिदीबहिनीहरु छुटिएर कुनै देशको, कसैले समर्थन र कसैले बिरोध गर्नु भन्दा पनी सबै नेपाली एक जुट भएर आफ्नै देशलाई मद्दत पुर्याएर अगाडि बढ़ाउदा राम्रो हुन्छ जस्तो मलाई लाग्छ | अहिले तराईका धेरै जसो युवा साथीहरू आफ्ना मांग भन्दा पनी आफूलाई केहि अबूझ मानिसहरुले अशब्द प्रयोग गरेर सम्बोधन गरेकोमा दुखी छन र आफ्ना रिस पोखिरहेका छन जुन स्वाभाबिक हो | कसैलाई पनी कसैले सम्बोधन गर्दा अशब्द प्रयोग गर्यो भने, चित दुख्छ नै | मधेशीलाई गाली गरेर पहाड़ी र पहाडीलाई गाली गरेर मधेशी भइँदैन | अहिले तोड़नेको हैन, जोड़नेको कमी छ | हामी एक अर्कालाई जोड़ने भूमिका खेलौ | "सबैले मिलेर येस्तो प्रबृतिलाई हटाउन मद्दत गरौ, सक्दो शेयर गरेर शान्तिको पक्षमा उभौ |" "नेपाली हुनुमा गर्व गरौ,सामाजिक सद्भाव क़ायम राखौ". भारतबाट पाकिस्तान,पाकिस्तान बाट बांग्लादेश छुटन सक्छ भने नेपालबाट मधेश किन छुटन सक्दैन भन्नेहरु मधेशी होइनन्, देशद्रोही हुन | सच्चा मधेशीहरु त ती हुन जस्ले बिभिन्न तराईका बोर्डेर एरियामा भारतीय सैनिकहरु लोभ-लालच देखाउदा र धमकी दीदा पनी कहिले हामी इंडियन हौ भन्न मानेनन | मधेशीहरु त ती हुन, भारतीय सेना सबैका लागी खुला भए पनी १ जना आज सम्म मधेशी भर्ना भएनन | सच्चा मधेशीहरु ती हुन जस्ले दिन रात खेतमा पसीना बगाएर देशको अन्नदाता भएर उभिएका छन | साथै मधेशीहरुको राष्ट्रीयता माथि संका गर्नेहरुलाई म भन्न चाहन्छु मधेशमा सी के राउत जस्ता देश टूकराउन खोजने देशद्रोही मात्र नभएर सम्मानीय मन्त्री लालबाबु पंडित जस्ता लाखौ लाख देश भक्त पनी छन जस्ले राष्ट्रको लागी आफ्नो ज्यान दिन तयार छन तर कसैको अगाडि झुक्न तयार छैनन | २-४ जना यस्ता अभिव्यक्ति दिनेहरुको कारण मधेशीहरुको राष्ट्रीयता माथि संका नगरौ | जानकारीको लागी फिजी भन्ने देशमा सन् १९७७ मा भारतको दबाबमा भारतीय मूलका नागरीकहरुलाई नागरीकता दिने निर्णय गरियो । १९८७ देखि १९९० सम्म फिजी संविधान विहिनताको अवस्थामा थियो । यो संवैधानिक सून्यताको फाइदा उठाएर भारतले उक्त अवधिसम्म फिजीमा रहेका सबै भारतीयहरुलाई नागरीकता दिनुपर्ने भनि दिएको दबाब अनुसार नयाँ संविधानको धारा २० मा फिजीमा जन्मेका जुनसुकै व्यक्ति नागरिक हुने प्रावधान राख्न लगायो । साथै सोहि ऐनमा कुनै बालक निजको बाबुले फिजीको नागरीकता लिनुभन्दा पहिले विदेशमा जन्मेको भएपनि नागरीकता पाउने प्रावधान समेत् राखियो । –सन् १८८१ मा ५८८ को संख्यामा रहेका भारतीयहरुको जनसंख्या सन् १९९६ सम्म आइपुग्दा ३ लाख ३९ हजार पुग्यो र यहि नक्कलि नागरीकताको आडमा भारतीय नागरीक महेन्द्र चौधरीले प्रधानमन्त्रीमा विजय हासिल गर्न सफल भए भने संसदमा ७१ सिट मध्ये ३७ सिट भारतीय नागरीकहरुको हातमा गयो ।

1 प्रतिक्रिया हरु:

This comment has been removed by the author.

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More